गंगाबहादुरले गोली खाएको वास्तविक कथा फिल्ममा । बन्ने भो 'तान्द्रो' ।

[dropcap]ज[/dropcap]नयुद्धकालमा घटेका घटनामा आधारीत रहेर फिल्म निर्माण हनृ भएको छ । बुधबार अनामनगरस्थित मण्डला नाटकघरमा एक कार्यक्रमका बीच तान्द्रो नामक फिल्म निर्माण हुने औपचारिक जानकारी गराइएको हो । unnamed वि सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माओवादीको साँस्कृतिक टोलीलाई सुरक्षा फौजले आक्रमण गर्ने क्रममा घुडामा गोली लागेका गंगाबहादुर लामा उर्फ कोशिस को बारेमा फिल्म बन्न लागेको हो । लामा तत्कालीन समयमा माओवादीका सांस्कृतिक कार्यक्रमको नेटृत्व गर्दै त्यहा पुगेका थिए । गोली लागेपछि लामाले पाएको ५ दिनसम्मको पीडालाई फिल्ममा उतारिने भएको छ ।unnamed2फिल्मलाई यसअघि लेटर निर्देशन गरेका निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने छन भने गांगाबहादुरको क्यारेक्टर अहिलेका ब्यस्त अभिनेता दयाहाङ राईले निभाउनेछन । दयासँगै ‘तान्द्रो’ मा २२ जनाको साँस्कृतिक टोली र अन्य गरी ३० जना कलाकारले अभिनय गर्दैछन् । जसमा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायत छन् ।unnamed1कार्यक्रममा काभ्रे स्थायी घर भएका गंगाबहादुर लामा उर्फ कोशिशले ५६ घण्टासम्म पानी पिउन नपाउदा छोरीको स्मरणले बाचेको बताउदै भने ‘मेरो जीवनको भोगाइको हत्या हुने छैन भन्नेमा म विश्वस्त छु र मेरो यो गम्भीर भोगाइलाई फिल्मले न्याय गर्नेछ ।’
सतिश गौतमको लगानी रहने फिल्ममा पुरुषोेत्तम प्रधानको छयांकन रहनेछ । फिल्म अगामी चैत्र १ देखि फ्लोरमा जानेछ ।

Namaste Filmy

Read Previous

बिश्वकप क्रिकेट यात्रालाई हौसला दिन 'ताली बजाइदेऊ' ।(भिडियो हेर्नुहोस)

Read Next

म्यूजिक भिडियो छायांकनको लागि बेनिशा ताजमहलमा