
असोज १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वडा नम्बर ६’को फस्ट लुक पोस्टर , गीत तथा टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेर गीत र कलाकारको लुक्स सार्वजनिक गरेको हो ।
कार्यक्रमका लागि राजधानी बाहिर गएका कारण निर्देशक उज्वल घिमिरे, कलाकार सिताराम कट्टेल र निर्मात्री कुञ्जना घिमिरे ‘सुन्तली’ भने ‘वडा नं ६’ को फस्ट लुक अनावरण कार्यक्रममा उपस्थित थिएनन् ।‘वाइयात लभ’ बोलको गीत सार्वजनिक गरिएको कार्यक्रममा कलाकारका कुराले भने मनोरञ्जन प्रदान गरिएको थियो ।यो गीतमा दिपकराज गिरी र प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । प्रेस मिटमा निर्माता एवं कलाकार दीपकराज गिरीले फिल्म ‘वडा नं ६’ अर्थपूर्ण बनेको बताए ।
त्यस्तै नायिका प्रियंका कार्कीले फिल्मले दर्शकलाई निराश नपार्ने बताईन् । कलाकार दयाहाङ राइले यो टिमसँग जोडिन पाउँदा खुशी लागेको बताए ।कार्यक्रममा बोल्दै जितुले थोरै पैसा हालेर पनि निर्माता बन्न पाइने रहेछ भन्दै रमाइलो गरे । उनले चलचित्र मनदेखि बनेकाले पहिलेको भन्दा पनि राम्रो व्यापार गर्नेमा ढुक्क रहेको बताए । अर्का कलाकार तथा निर्माता केदार घिमिरेले यसपटक पनि भिन्न बिषयमा दर्शकले मनोरञ्जन लिने बताए । उनले चलचित्रमा सबैभन्दा कम पैसा आफूले हालेको बताए ।
‘वाइयात लभ’ बोलको गीतको भिडियो हेर्नुहोस :
आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ‘वडा नं ६’ मा दिपक र प्रियंका सँगै दयाहाङ राई, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेलको मुख्य भूमिका रहेको छ । त्यस्तै जितु नेपाल ‘मुन्द्रे’, कुञ्जना घिमिरे ‘सुन्तली’, ‘माग्ने बुढा डट कम’, ताराचन्द्र बजगाईं ‘निशान’, सुमन गिरी ‘भान्जा’ ले ‘वडा नं ६’ निर्माणमा दिपकराज, दीपाश्री र निर्मलसँग आर्थिक रुपमा सहकार्य गरेका छन् ।कार्यक्रममा एफ.डी कम्पनीका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, मिडिया हबका प्रमुख सोम धितालले शुभकामना दिएका थिए ।
टिजर हेर्नुहोस :

