'बजरंगी भाइजान'ले पहिलो दिन कति कमायो ?

Bajarangi-Bhaijaan1स्टार हिरो सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले रिलिजको पहिलो दिन रेकर्ड राख्न सफल भएको छ । फिल्मले शुक्रबार मात्र २७.२५ करोडको कमाई गरेको हो । यो सलमानको अघिल्लो फिल्म ‘किक’को भन्दा धेरै हो ।
यो कमाईलाई बिश्लेषकहरुले उत्कृष्ट मानेका छन । त्यसो त फिल्मले ३० करोडभन्दा बडि कलेक्सन गर्न सक्ने अनुमान थियो । पहिलो दिनभन्दा दोस्रो तथा तेस्रो दिनमा फिल्मको कमाई बढ्ने अनुमान छ ।
फिल्म भारतको ५००० सिनेमा घरहरुमा रिलिज भएको थियो । मुम्बई, पुणे, हैदरावाद लगायत शहरहरुमा फिल्म हाउस फुल छ ।
कबिर खान निर्देशित फिल्ममा सलमानसँगै करिना कपुर, नवाजुद्धिन सिद्दिकी लगायतको मुख्य अभिनय छ । फिल्ममा पकिस्तानी बालिकाको कथा देखाइएको छ ।
नेपालमा पनि फिल्मले जबरदस्त कमाई गरेको छ । फिल्म हेरेका दर्शकहरुले फिल्मको खुलेर तारिफ गरेका छन ।

Namaste Filmy

Read Previous

भयंकर दुर्घटनामा परे 'गंगनम स्टाइल' गायक ।

Read Next

मोड्लिंगमा जम्ने तयारीमा सुजाता