तामाङ भाषामा टेलिफिल्म 'आपा ङाछा' बन्ने ।

Aapa-ngchhaतामाङ भाषामा हास्य ब्यङग्यात्मक टेलिफिल्म निर्माण हुने भएको छ । सुपरस्टार डम्फु मिडिया हाउसले आपा ङाछा (बुवा अगाडि) नामको टेलिफिल्म निर्माण गर्ने भएको हो ।
टेलिफिल्मको निर्देशन तमाङ चलचित्रकर्मी अमिर दोङले गर्नेछन । जयनकुमार मोक्तानको निर्माणमा बन्ने टेलिफिल्म च्यानल नेपालबाट प्रसारण हुनेछ । टेलिफिल्मको लागि कलाकारहरु छनौट भइरहेको छ ।
टेलिफिल्मको कथा पटकथा स्वयम निर्माता मोक्तानले लेखेका हुन । टेलिफिल्ममा अभिषेक माझिको छयांकन तथा अमृत गिरीको सहनिर्देशन रहनेछ  ।

Namaste Filmy

Read Previous

मोड्लिंगमा जम्ने तयारीमा सुजाता

Read Next

गिनिज बुकमा लेखियो 'बाहुबली'को नाम ।