गिनिज बुकमा लेखियो 'बाहुबली'को नाम ।

500x500x5901-baahubali-world-record.jpg.pagespeed.ic.VZW6GnZwrkअघिल्लो शुक्रबार विश्वब्यापी रिलिज फिल्म ‘बाहुबली’ले गिनिज बुक अफु वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । फिल्मले संसारमै अहिलेसम्मको सबैभन्दा ठुलो पोस्टर को लागि गिनिज बुकमा स्थान पाएको हो ।
बाहुबलीको पोस्टर ५० हजार बर्गफिटको बनाइएको थियो । जुन संसारमै अहिलेसम्म ठुलो र फराकिलो पोस्टर हो । यसबाहेक पनि फिल्मले कयौ विश्वरेकर्डहरु कायम गरेको छ । भारतमा त फिल्मले सबै रेकर्ड तोडेको छ ।
फिल्म बिश्वमै सर्वाधिक कमाई गर्ने उत्कृष्ट १० फिल्मभित्र पनि परिसकेको छ । एमएस राजमौली निर्देशित फिल्मको यो सफलतालाई भारतीय फिल्मकर्मीले अनपेक्षित मानेका छन ।
प्रभाष, राणा डग्गुवति, अनुष्का शेट्टी, तमन्ना लगायतको अभिनित फिल्मले नेपाली दर्शकको समेत मन जितिरहेको छ ।

Namaste Filmy

Read Previous

तामाङ भाषामा टेलिफिल्म 'आपा ङाछा' बन्ने ।

Read Next

हेटौंडामा धमाधम खिचिदैं 'अल्लारे जोवन' ।