हेटौंडामा धमाधम खिचिदैं 'अल्लारे जोवन' ।

allare-jobanश्रीराम अर्जुन, हेटौंडा। करिब ९ वर्षदेखि कलाकारितामा जम्दै आएका मकवानपुर पदमपोखरी वनस्पतिका राजू लामाद्वारा निर्देशित नेपाली चलचित्र अल्लारे जोवनको हेटौंडा आसपासका स्थानमा छायांकन भर्इरहेको छ । सम्झना विर्सना, वेलीचमेली, पर्खाइमा, हाम्रो टिम, लगायतका फिल्मको निर्देशन गरेका लामाको यो अर्को नयाँ फिल्म हो ।
अल्लारे उमेरमा हुने गरेको गल्ति र पछि पर्ने त्यसको असरलाई चलचित्रको कथावस्तू रहेको लामाले बताए । हेटौंडा बजार, चौघडा, हटिया, पदमपोखरी, शहिद स्मारक, त्रिवेणीधाम, सामरीजस्ता स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ । फिल्ममा शिवम् अधिकारीको लेखन, शम्भु सापकोटाको छयांकन अष्ट मर्हजनको द्वन्द, रिमेश सापकोटाको संगीत, क्रान्ति केसीको सम्पादन रहेको छ ।
खढेग थापाको निर्माण रहेको अल्लारे जोवनमा शिव श्रेष्ठ, सूजना ढकाल, सूरविर पण्डित, नितू थापा, सूरज राज, अजय खड्का, सूमन केसी लगायतका कलाकारको अभिनय रहेको छ । पारिवारिक सामाजिक कथावस्तुमा आधारित भएकाले हाम्रै समाजमा भएको कथालाई विषयवस्तु रहेको निर्देशक राजु लामाले बताए ।

Namaste Filmy

Read Previous

गिनिज बुकमा लेखियो 'बाहुबली'को नाम ।

Read Next

रोशनको 'कहाँ समय' रिलिज । भिडियोसहित ।