निखिलको बिकल्प दिक्पाल ! बन्दैछ 'च्याम्पियन' ।

Nikhil-and-dikpalनिखिल उप्रेतीको अभिनय रहने भनिएको फिल्म ‘च्याम्पियन’मा अब निखिल हुने छैनन । उनको ठाँऊमा रंगबैजनी डेब्यु हिरो दिक्पाल कार्की देखिनेछन । निखिलले समय दिन नसकेपछि फिल्म निर्माण युनिटले उनको बिकल्प खोेजेको हो र बिकल्पमा अग्ला कदका दिक्पाल छानिए ।
फिल्मको गत साउन १ गतेबाट छयांकन पनि थालिएको छ । फिल्म क्रिकेट खेलाडिको कथामा बन्दैछ । त्यसैले फिल्ममा जिवन्त अभिनय गर्नका लागि कलाकारले क्रिकेटको धेरै ज्ञान लिनु अत्यावाश्यक थियो ।
निखिल हाल आफ्नै फिल्म भैरवको प्रमोसनमा अत्यन्त ब्यस्त बने र उनले फिल्मको लागि आवश्यक समय दिन सकेनन् । तसर्थ उनले फिल्म छाडे । यता दिक्पालले आफुलाई क्रिकेटर देखाउनको लागि सक्दो मिहेनत गरेका छन । उनले क्रिकेटको लामो अभ्यास पनि गरे र उनी अहिले फिल्ममा काम गरिरहेका छन ।Dikpal-for-championबिपी फुयाँलले निर्देशन गर्ने फिल्ममा नायिका पनि फेरिएको छ । यसअघि सञ्चिता लुइटेल रहने भनिएकोमा निखिलसँगै उनी पनि बाहिरीए र नवनायिका मञ्जिता केसी फिल्ममा अनुबन्धित भइन ।
फिल्मलाई टेकमणि पोखरेलले निर्माण गरेका हुन । फिल्मले क्रिकेट प्रेम र संघर्ष देखाइएको छ ।

Namaste Filmy

Read Previous

रोशनको 'कहाँ समय' रिलिज । भिडियोसहित ।

Read Next

सलमान खानको ‘बजरंगी भाइजान’ले तिन दिनमा कमायो १०२.२५ करोड