'नाई नभन्नु ल' सिरिजबाट आर्यन आउट ।

aaryanसिक्वेलको लहर नै चलाउने फिल्म ‘नाई नभन्नु ल’ को चौथो सिरिजमा आर्यन सिग्देल नहुने भएका छन । निर्देशक बिकास आचार्यका समय नमिलेका कारण आर्यन फिल्मबाट अलग्गिएको बताए ।
‘नाई नभन्नु ल ४’ मा आर्यनसँगै अनुभव रेग्मी र प्रियंका कार्की निश्चितजस्तै भएको बताइएको थियो । तर अब आर्यन नहुने भएपछि नयाँ कलाकारको खोजीमा निर्देशक आचार्य लागेका छन ।
फिल्मका लागि पुर्ण समय दिने कलाकार चाहिने तर आर्यनले पुर्ण रुपमा समय दिन नसक्ने देखिएपछि सल्लाहमै आर्यन फिल्मबाट आउट भएको निर्देशक आचार्य बताउछन ।
आचार्यले यसअघि ‘नाइ नभन्नु ल ३’ मा आर्यनलाई लिएका थिए र फिल्म सफल पनि भएको थियो । त्यसअघि ‘नाइ नभन्नु ल’ र ‘नाइ नभन्नु ल २’ मा उनले जीवनलाई लिएका थिए । फिल्मको तीन वटै सिरिज ब्यवसायिक सफल छन ।
‘नाइ नभन्नु ल’ बाट नै नेपाली फिल्म उद्योगमा एकभन्दा बढि सिक्वेल बनाउने चलन सुरु भएको हो । पछिल्लो समय सिक्वेलको लहर नै चलेको छ ।

Namaste Filmy

Read Previous

सलमान खानको ‘बजरंगी भाइजान’ले तिन दिनमा कमायो १०२.२५ करोड

Read Next

निखिल उप्रेती एक्सन नायकको क्रेज फर्काउने तयारीमा,‘भैरव’को नयाँ ट्रेलर रिलिज (भिडियो सहित)