१५ गतेबाट नारायणगढमा 'टिचर' । हेटौडामा ५१ दिन मनाउदै ।

Teacher-chitwan2बिद्यार्थी र शिक्षकको मनोबिज्ञानमा आधारित सन्देशमुलक चलचित्र ‘टिचर’ यहि साउन १५ गतेबाट नारायणगढमा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्माता निर्देशक शोभित बस्नेतले हेटौडामा फिल्मले पाएको सफलताले उत्साहित हुदै नारायणगढमा पनि फिल्म प्रदर्शन गर्न लागिएको बताए । उनले टिचरलाई आफुले हलमा रिलिज गर्ने लक्ष्य नै नलिएको बताउँदै केहि बितरक साथीहरुको अनुरोधमा हेटौडामा रिलिज गरेको बताए । तर असार पहिलो सातादेखि हेटौडामा प्रदर्शन भएको फिल्मले पाएको ब्यवसायिक सफलता र फिल्म हेर्न आउने दर्शकको भीड देख्दा अब अन्य शहरहरुमा पनि फिल्म रिलिज गर्ने योजना बनिरहेको उनले बताए । यसैक्रममा नारायणगढको गणेश चित्र मन्दिरमा साउन १५ बाट फिल्म रिलिज गनि लागिएको हो । यसरी नै पोखरा लगायत अन्य शहरहरुमा पनि फिल्म रिलिज गर्ने तयारीमा आफुहरु रहेको शोभितले बताए ।

teacherशोभितले हेटौडामा फिल्मले पाइरहेको सफलताबारे पनि चर्चा गरे । हेटौडाको ओम्याक्स र ओम हलमा फिल्म प्रदर्शन भइरहेको बताउदै फिल्म हेर्न दुवै हलमा बिद्यार्थीहरुको घुइँचो लागेको उनले बताए । उत्साहित हुदै उनले भने : ‘मैले सोच्दै नसोचेको ब्यापार टिचरले गरेको छ । हेटौडामा फिल्मको ब्यापार न भूत न भविष्यको स्थितिमा छ ।’
उनका अनुसार हेटौडामा फिल्मले ५१ दिन मनाउने निश्चित भइसकेको छ । अहिले फिल्म पाँचौ हप्तामा चलिरहेको र आगामि दुई हप्ताको लागि बिद्यालयहरुले हल नै बुकिङ गरिसकेको उनले जानकारी दिए । फिल्मको लगानी विभिन्न च्यारिटी शोबाट उठाइसकेको बताउदै शोभितले हलमा प्रदर्शन गरेबापत हुने कमाई सबै नाफा भएको बताए । फिल्म प्रदर्शनको लागि पोखरा लगायत अन्य शहरबाट पनि आफुलाई दबाब आइरहेको उनले खुलाए । Teacher-chitwanटिचर शोभित आफैले निर्माण तथा निर्देशन गरेको फिल्म हो । फिल्ममा शोभितकै छोरी सलिना बस्नेत मुख्य भुमिकामा छिन भने कुशल थापा, भानु प्रताप, सलोन बस्नेत लगायतको अभिनय छ ।
शोभितले टिचरको सफलताले गर्दा नै उनको प्रतिक्षित फिल्म जाउ हिट पोखराको रिलिज अन्यौलमा रहेको प्रस्ट पारे । अब दशै या तिहारको छेकोतिर जाउ हिट पोखरा रिलिज गर्ने उनको योजना छ ।

teachera1

Namaste Filmy

Read Previous

सेप्टेम्बर २७ मा "IAF आर्टिस्ट अवार्ड" बेल्जियममा

Read Next

मल्टिप्लेक्स हलमा लुटै लुट । ३ शोको अनुमति लिएर १८ शो देखाउदै ।