'भजरंगी भाइजान'को कमाई ३०० करोड माथि ।

Bajarangi-Bhaijaan1सलमान खान स्टारर फिल्म ‘बजरंगी भाइजान’को बिश्वब्यापी कलेक्सन ३०० करोडभन्दा माथि पुगेको छ । फिल्मले रिलिजको छैटौ दिनमा ३०४ करोड कमाई गरेको हो ।
फिल्मले भारतमा मात्रै भने १६९.०७ करोड कमाएको छ । भारतबाहेक नेपालसँगै बिश्वभर फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मले यसअघि सलमान खानकै फिल्म ‘दबंग’को रेकर्ड पनि तोडेको छ । ‘दबंग’ले ६ दिनमा २६५ करोड कमाएको थियो ।
कबिर खान निर्देशित फिल्ममा सलमान सँगै करिना कपुर, हर्षाली मल्होत्रा, नवाजुद्धिन सिद्धिकी लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

निरुता क्षेत्रीले तीजको गीत लिएर आउदै

Read Next

अडिसन दिएर हिरो बन्ने अवसर ।