साउन १२ गते राष्ट्रपतिको हातबाट पुरस्कार बाँडिदै ।

aaryan-award
फाइल फोटो

चलचित्र बिकास बोर्डले यसबर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यहि साउन १२ गते प्रदान गर्ने भएको छ । १२ गते अर्थात आउदो मंगलबार अपरान्ह ३ बजेपछि राष्ट्रपति निवासमा एक कार्यक्रमका बीच पुरस्कार दिइने भएको हो ।
पुरस्कार राष्ट्रपति डा। रामवरण यादवको हातबाट प्रदान गरिनेछ । आयोजक संस्थाले एक बिज्ञप्ति जारी गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो । बताइएअनुसार एक जना चलचित्र कर्मीलाई नगद ३ लाख ५१ हजार १ सय ११ सहित दिर्घ साधना सम्मान दिइनेछ । त्यस्तै विभिन्न चलचित्रलाई ८ बिधामा पुरस्कृत गरिनेछ ।
जसमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, लेखन, छयांकन, सम्पादन उत्कृष्ट आदिवासी जनजाति चलचित्र समावेश छन । ७१ साल बैशाखदेखि चैत्रसम्म रिलिज भएका फिल्महरुलाई जुरीको मुल्यांकनको आधारमा पुरस्कृत गर्न लागिएको हो ।

Namaste Filmy

Read Previous

अडिसन दिएर हिरो बन्ने अवसर ।

Read Next

प्रहरी कारबाहिमा परिन करिश्मा मानन्धर ।