२०० करोड कमाउने सलमानको दोस्रो फिल्म 'बजरंगी भाइजान' ।

bajrangi-sm_650_072515045516लगातार रेकर्ड राख्दै सलमान खानको पछिल्लो फिल्म ‘बजरंगी भाइजान’ले २०० करोडको माथिको ब्यापार गरेको छ । फिल्मको यो ब्यापार भारतभित्रको मात्रै हो । बिश्वब्यापी रुपमा भने फिल्मले ३०० करोडभन्दा बढि कलेक्सन गरिसकेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार २०० करोडभन्दा बढिको ब्यापार गर्ने सलमानको यो दोस्रो फिल्म हो । यसअघि फिल्म किकले यो आँकडा पार गरेको थियो । उनका अनुसार आमिर खानको पिके र शाहरुख खानको ह्याप्पी न्यु इयरले पनि यो स्तरको कमाई गरेको थिएन ।
भारतमा हराएकी पाकिस्तानी बालिकालाई स्वदेश फर्काउन सलमानले गर्ने कथामा बनेको फिल्म बजरंगी भाइजानमा करिना कपुर, नवाजुद्धिन सिद्धीकी, हर्षाली मल्होत्रा लगायतको पनि अभिनय रहेको छ ।

‘भजरंगी भाइजान’को कमाई ३०० करोड माथि ।

Namaste Filmy

Read Previous

राजेश हमालको फिल्म हेर्न ५ रुपैयाँको टिकट ।

Read Next

विद्यार्थी सचेतना अभियानमा सिके र गरिमा ।