दिपक खांडको निर्देशनमा दुबईमा छायांकन गरिएको भिडियो सार्वजनिक (भिडियो सहित )

निर्देशक दिपक खांडको आज भोलि म्युजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् ।भुकम्पको कारणले दिपकले निर्देशन गर्ने चलचित्र राजा पछि सरे पछि फुर्सदको समयमा उहाले म्युजिक भिडियो निर्देशनमा लगाउनु भएको हो ।केहि समय अघि दुबई पुगेर फर्केका खांड दुबई रहदा एउटा भिडियो निर्देशन गरेका थिए ।
pujaदिपक खांडले दुबई निर्माण गर्नु भएको ‘तिम्रै फोनको प्रतिक्षामा बित्यो दिन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गायक प्रमोद खरेलको स्वर रहेको यस गीतलाई सहदेब कोइरालाको शब्द तथा संगीतमा तयार पारिएको हो ।गीतमा बसन्त र पुजा भट्ट को अभिनय रहेको छ। ।दुबईको रमणीय ठाउमा छायांकन गरिएको यस गीतमा दिपकले आफैले क्यामराको स्ट्याण्ड नै प्रयोग नगरि हातकै भरमा गीतको सुटिंग गरेका हुन् ।अनुमति बेगर छायांकन गर्दा यसरि स्ट्याण्ड प्रयोग नगरी लुकेर छायांकन गरीएको हो यदि त्यही सुटिंग गर्न अनुमति लिनु पर्यो भने करिब तिन लाख नेपाली रुपिया तिर्नु पर्ने छ। थुप्रै हिन्दि चलचित्रहरुको छायांकन गरिएका स्थानमा गीतको छायांकन गरिएको छ ।निर्देशक दिपक खांड राम्रो गीतमा उत्कृस्ट भिडियो निर्माण भएकोले गीतले राम्रै बजार पाउनेमा उनि ढुक्क देखिएका छन् ।

Namaste Filmy

Read Previous

सलमानबिरुद्ध देशद्रोहिको मुद्दा दर्ता ।

Read Next

पुर्व राष्ट्रपतिको निधनमा स्तब्ध बलिउड ।