रिमेश अधिकारीको “नालापानी”खेल्न ग्रीनकार्ड लिएर अमेरिका पुगेका दिलिप रायमाझी नेपाल आउने

रिमेश अधिकारीले निर्माण गर्न लागेका चलचित्र “नालापानी”को छायांकन भदौ २३ गते बाट सुरु हुने भएको छ ।केहि दिन अघि मात्रै ग्रीनकार्ड पाएर अमेरिका लागेका दिलिप रायमाझी आफ्नो परिवार अमेरिकामा छोडेर “नालापानी”मा अभिनय गर्न नेपाल फर्कने भएका छन् ।अमेरिका पुगेको एक महिनामा नै दिलिप “नालापानी खेल्न नेपाल आउने सहमति भैसकेको चलचित्रका निर्माता रिमेश अधिकारीले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।
dilip n rimeshनालापानीमा अंग्रेजसँगको युद्धमा नेपाली वीर सपूत बलभद्र कुँवर,अमरसिंह थापा भक्ति थापा लगायतले आधुनिक हतियारले सम्पन्न हजारौं अंग्रेजको फौजसँग घरेलु हतियार र थोरै सेनाको बाबजुद पनि लडेर कसरी राष्ट्रको स्वाधीनता जोगाएका थिए सो गाथाको जानकारी आजको पुस्तालाई दिने उद्देश्यले निर्माता रिमेश अधिकारी नेपाली चलचित्र “नालापानी” लिएर आउँदैछ्न ।
nalapaniचलचित्रमा दिलिप रायमाझीको अलावा नवल खड्का,सुमन सिंह , गणेश गिरी, भवानी रेग्मी, सगुन शाही ,सुजना ढकाल ,राम चन्द्र अधिकारी ,कृष्ण बास्तोला, रामकुमार जोशी लगायत कलाकारहरुको अभिनय रहनेछ ।कलाकारहरुमा राजेश हमाल र सबिन श्रेष्ठको पनि अभिनय रहने भनिए पनि खेल्ने न खेल्ने कुनै सहमति न भएको निर्माताले जानकारी दिनु भयो ।चलचित्रको कथा लेखनमा सफलता हात परेका लेखक शिवम अधिकारीको कथा र निर्देशन रहने चलचित्र “नालापानी”को छायांकन हेटौडामा हुनेछ ।यसअघि उनले फिल्म सुश्री निर्देशन गरिसकेका छन । सुश्री प्रदर्शन हुन बाँकी छ ।पद्मा कुमारी फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको लगानी करिब २ करोड रहने छ ।

Namaste Filmy

Read Previous

सिने क्विन झरना थापाले गरिन ब्यूटि पार्लरको उद्घाटन

Read Next

किन तड्पिए बर्षा को याद मा जीवन? (भिडियो सहित )