'बाग्मती' भारतमा रिलिजका लागि सम्झौता । पोष्ट प्रोडक्सन सकियो ।

bagmati shivaकेहि समय अघि भिडियो चोरी भएको बिषयले निकै चर्चा पाएको फिल्म ‘बाग्मती’को भारतभर प्रदर्शनका लागि सम्झौता गरिएको छ । भारतको केरला स्थित हरिश कुमार एमके र फिल्म निर्माण कम्पनी ट्री इन्टरटेन्टमेन्ट प्रालि बीच फिल्म भारतभर प्रचार प्रसार एवं प्रदर्शन गर्नका लागि लिखित सम्झौता भएको हो ।
मंगलबार गरिएको सम्झौतामा फिल्मका तर्फबाट कार्यकारी निर्माता अनिश नपित र वितरकको तर्फबाट हरिश कुमारले हस्ताक्षर गरेका हुन । बताइएअनुसार भारतमा फिल्मको ब्यापक प्रचार गरि रिलिज गरिनेछ । प्रचारका लागि चर्चित दुरदर्शन नेटवर्क लगायत विभिन्न कम्पनीहरु पत्रपत्रिकाहरुसँग सहकार्य गरिनेछ ।त्यस्तै फिल्मलाई भारतभर रिलिजका लागि विभिन्न भाषाहरुमा डबिङ पनि गरिने जनाइएको छ । भारतका विभिन्न प्रदेशमा प्रचलित मलायलम, तमिल, कन्नड, तेलुगु, ओलिया, बंगाली, भोजपुरी, हिन्दी, गुजराति, पञ्जाबी, मराठि, काश्मीर लगायत भाषामा फिल्म स्वरांकन हुनेछ ।bagmati rajeshफिल्मका क्यामेरामेनले नै फिल्ल्मको क्लिपस फेसबुकमा सार्वजनिक गरेपछि निकै तनावमा परेको निर्माण युनिटले हालै मात्र फिल्मको पोष्ट प्रोडक्सन सकाएको छ । भारतकै केरलामा फिल्मको पोष्ट प्रोडक्सन गरिएको फिल्मको ट्रेलर तथा प्रचार सामग्री चर्चित भारतीय टेलिभिजनहरुमा प्रसारण गरिने बताइएको छ । फिल्मको प्राविधिक पक्ष बिदेशी फिल्मको सरह भएको र यसरी भारतका दर्जनौ भाषामा स्वरांकन गरिन लागिएको यो नै पहिलो नेपाली फिल्म भएको निर्माण युनिटको दाबी छ ।
चलेका साउथ इन्डियन प्राविधिकहरुले काम गरेको र नेपालमै नभएको रेड एपिक ४ क्यामेराले खिचिएकोले फिल्मको प्राविधिक पक्ष अन्तराष्ट्रिय स्तरको भएको हो । फिल्मका निर्देशक, छयांकार देखि अन्य थुप्रै प्राविधिकहरु दक्षिण भारतिय फिल्ममा चलेकाहरु हुन । उनीहरु फिल्म छयांकनको बेला २८ जनाको जम्बो टोली नै नेपाल आएका थिए ।bagmati .. - Copy
फिल्ममा नेपालका तर्फबाट चर्चित अनुहारहरु राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कञ्चन ठकुरी लगायतले अभिनय गरेका छन । फिल्मबाट नवनायक रविकर घिमिरेले पनि रजतपट डेब्यु गर्दैछन ।
फिल्ममा संगीत एस राम ले रहेको छ । उनी दक्षिण भारतमा निकै चर्चित नाम हुन । नेपाली गायक बिश्व नेपालीले फिल्मका गीत गाएका छन ।

Namaste Filmy

Read Previous

किन तड्पिए बर्षा को याद मा जीवन? (भिडियो सहित )

Read Next

हर्षालीको पढाई खर्च सलमानले ब्येहोर्ने