'होस्टेल रिटर्न्स'को प्रचार गर्दै हेटौडामा सुनिल ।

Hostel Returns htdश्रीराम अर्जुन, हेटौडा । दुर्गिश फिल्मस्को व्यानरमा निर्मित नेपाली चलचित्र ‘होस्टेल रिटन्र्स’को प्रचारमा निर्माता सुनिल रावल लागि परेका छन्, । भदौ ४ गतेबाट प्रर्दशनमा आउने होस्टेल रिटन्र्सको प्रचारको क्रममा रावल हेटौडा आइपुगेका हुन । बैशाखमा प्रर्दशन गर्ने भनिएको यस फिल्म भुकम्पका कारण पछि सरेको हो । चलचित्र पत्रकार संघ मकवानपुरको सहकार्यमा पत्रकार भेटघाट कार्यक्रममा निर्माताले आफ्नो अगाडीका फिल्म ‘सायद’ र ‘होस्टल’ जस्तै सफलता मिल्ने र दर्शकले रुचाउने बताए । नँया कलाकारको नँया सोच रहने हुँदा यस फिल्ममा नँया कलाकारको अभिनय हेर्न सकिनेछ, होस्टेल जीवनका उतारचढाबलाई फिल्मको कथा रहेको बताए । उहाँले उपत्यका बाहिरका हल तथा पत्रकार भेटघाटले मलाई अझ नजिक बनाउने भएकाले यस पटक म देशको विभिन्न स्थानमा जानको लागि हिडेको बताए ।
चलचित्र पत्रकार संघ मकवानपुरका कोषाध्यक्ष कपिल खड्काको सभाध्यक्षमा भएको कार्यक्रममा फिल्म निर्देशक शोभित बस्नेत, रिपोटर्स कल्ब मकवानपुरका अध्यक्ष सविन न्यौपाने, एकिन्द्र कुवँर र पत्रकारहरुको सहभागिता रहेको थियो ।
चलचित्रमा सुशिल श्रेष्ठ, शशि श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको  छ । सुनिल रावलको कथा रहेको यस होस्टेल रिटन्र्समा अष्ट महर्जनको द्धन्द, सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत रहेको छ । फिल्मलाई हरि हुमगाईले खिचेका छन्, ।

Namaste Filmy

Read Previous

चक्लेटी पल 'नाई नभन्नु ल ४' का हिरो छानिए ।

Read Next

अनुष्काले मागिन् माफि ।