बहुप्रतिक्षित 'भैरव'को आइटम गीत रिलिज । भिडियो।

bhairav-nikhilबहुप्रतिक्षित फिल्म ‘भैरब’को नया गीत रिलिज गरिएको छ । तराईतिर प्रचलित भाषामा रहेको ‘गोलि ढाइ ढाइ चले’ बोलको डान्सिङ गीत रिलिज गरिएको हो ।
गीतमा मेनुका प्रधानले आइटम डान्स गरेकी छिन । ममता राउतको स्वर तथा गुफि को संगीत रहेका गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतले फिल्मको यसअघिका गीतहरुले जस्तै स्रोताको मन जित्ने बिश्वास लिइएको छ।
‘भैरव’ भदौ ११ गतेबाट रिलिज हुदैछ । फिल्मलाई निखिल उप्रेतीले निर्देशन गरेका हुन । लामो अन्तरालपछिको कमब्याक फिल्म भएकाले निखिलको चर्चा पछिल्लो दिन निकै बढेको छ ।
फिल्ममा निखिल मुख्य भुमिकामा छन भने उनीसँगै अनु शाह, मुरलीधर, जय किशन बस्नेत, नागेन्द्र रिजाल लगायतको अभिनय छ ।

Namaste Filmy

Read Previous

अनुष्काले मागिन् माफि ।

Read Next

‘लभ सब’को नया गीत सार्वजनिक (भिडियो सहित )