रोमान्टिक फिल्ममा अजय ।

ajay_devganबलिउड स्टार अजय देवगण एक नयाँ रोमान्टिक फिल्ममा देखिने भएका छन । निर्देशक अनिस बज्मीसँग उनले नया फिल्म गर्ने तय भएको हो ।
यसबारेमा निर्देशक बज्मीले खुलाएका हुन । उनले आफु एक रोमान्टिक लभस्टोरी फिल्मको कथा तयार पारिरहेको र त्यसमा अजय देवगण मुख्य हिरो रहने बताए । उनले अर्को एक कमेडि फिल्मको पनि कथा तयार भइरहेको बताउदै अजयलाई त्यसमा पनि अफर गर्ने बताए ।
यसअघि हलचल, प्यार तो होना हि था, दिवान्गी लगायत फिल्म निर्देशन गरेका बज्मीको फिल्म वैलकम ब्याक रिलिजको तयारीमा छ । उनले अब आउने नयाँ फिल्म अजयसँगै हुने चाँहि पक्का बताएका छन ।

Namaste Filmy

Read Previous

रंग पत्रकार प्रणव पनि अब निर्देशक ।

Read Next

यस्तो छ नेफ्टा अवार्डको टप फाइभ नोमिनेशन ।