'गुलाब ग्याङ' प्रदर्शनमा अदालतले रोक लगायो ।

08a18a65-6079-4c9d-b38a-6d8351511979_poster_image_250_350 [dropcap][/dropcap]ही शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म हिन्दी फिल्म ‘गुलाब ग्याङ’ को प्रदर्शनमा दिल्ली अदालतले रोक लगाएको छ। सामाजिक अभियन्ता सम्पत पालले प्रदर्शन रोक्न हालेको मुद्दामा सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।
अन्तरिम आदेशलगत्तै फिल्मको रिलिज अनिश्चित बनेको छ। भारतको उत्तरप्रदेश बुन्देलखण्डमा महिलामाथि हुने घरेलु हिंसा र अन्य सामाजिक समस्या समाधानमा सक्रिय महिलाको समूह गुलाबी ग्याङ का नामले प्रख्यात छ।
समूह नेतृ सम्पत पालले फिल्म निर्देशक तथा पालको भूमिकामा अभिनय गर्ने माधुरी दीक्षितले सुटिङअघि सम्पर्क नगरेको भन्दै आपत्ति जनाउँदै आएकी थिइन्। उनले फिल्म निर्माणको लागी आफुसंग अनुमति नलिएको पनि आरोप लगाएकि छिन ।
बुधबार अदालतमा निवेदन दर्ता गराएकी पालले फिल्मको प्रदर्शनमा रोक लगाउनुका साथै आर्थिक क्षतिपूर्तिको समेत दावी गरेकी थिइन्। उनको मागमाथि सुनवाई गर्दै न्यायाधिश सञ्जीव सचदेवाले मुद्दा दायर ढिलो गरिएकोमा भने प्रशन राख्दै आरोप प्रमाणित गर्ने प्रमाणसहित उपस्थित हुन निर्देशन दिएका छन्।
फिल्मका निर्देशक सौम्यिक सेनले भने ‘गुलाब ग्याङ फिल्म’ सम्पत पालको जीवनमा आधारित नभएको बताएका थिए।
शुक्रबार रिलिजको तरखरमा रहेको फिल्ममा माधुरी र जुही चावलाको अभिनय रहेको छ। फिल्मलाई सौमिक सेनले निर्देशन गरेका हुन् भने निर्माण अनुभव सिन्हाले गरेका हुन्।

1949827

Namaste Filmy

Read Previous

म्यूजिक भिडियो छायांकनको लागि बेनिशा ताजमहलमा

Read Next

'बिग बोस-८' को होस्ट सलमान हैन शाहरुख ??