नेपाली हुनुमा लाज : राजेश हमाल ।

rajesh hamalमहानायक राजेश हमालले आइतबार समाजिक सञ्जालमा एक पीडासहितको स्टाटस लेखे । स्टाटसमा उनले नेपाली हुनुमा लाज लागेको उल्लेख गरेका थिए ।
उनले लेखेका छन : ‘जिवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्द महसुस भयो ।’ देशकै महानायकले यस्तो अभिब्यक्ति दिएपछि सबैले चासो दिनु स्वभाविक हो । अहिलेसम्म नेपाली भनेरै देशबिदेशमा शीर ठड्याएका हमालले यस्तो स्टाटस किन लेखे त ।
खासमा उनले शनिबार सिरहाको धनगढि गाविस ३ नयनपुरमा स्थानिय डोम परिवारमाथी भएको भेदभाव र छुवाछुत प्रत्यक्ष देखेका थिए । सो घटनाबाट हमाल बिक्षिप्तजस्तै बनेका छन ।
खासमा स्थानिय डोम परिवारलाई त्यहाँका गाउलेले इनारमा पानी भर्न बन्देज लगाएको रहेछ । डोम ले छोएमा आफुहरुको कुलदेउता रिसाउने गाँउलेहरुको भनाई थियो । यसैक्रममा हमाललाई साथ लिएर पानी भर्न आएका एक युवकलाई गाँउलेले यसरी रोक कि त्यो कुनै सिनेमाको दृश्यजस्तै लाग्थ्यो ।
फिल्ममा यसरी अन्याय र अत्याचार गर्नेलाई रामधुलाई गर्ने हमालले त्यतिखेर भने केहि गर्न सकेनन् । उनले गाँउलेलाई सम्झाउन खोजे । तर गाँउलेले मानेनन् ।Rajesh_hamal त्यहाँको यस्तो चलन देखेपछि राजेश दुखी छन । उक्त गाँऊमा राजेशसँगै काँग्रेस नेता प्रदिप गिरी, लेखक आहुति लगायत बिबिसी मिडिया एक्सनका प्रतिनिधिहरु उपस्थित थिए । उनीहरु बिबिसी मिडिया एक्सनले तयार पार्ने कार्यक्रम साझा सवाल रेकर्डका लागि त्यहाँ पुगेका हुन । उक्त कार्यक्रम आगामी आइतबार प्रसारण हुनेछ ।

तस्वीर साभार : सेतोपाटी

Namaste Filmy

Read Previous

सेलेब्रेटी भएकै कारण निशानामा सलमान ।

Read Next

नेपालीका लागि लेडि गागाको यस्तो सहयोग ।