भुवनलाई च्यालेन्ज नै हो त ?

sushmita_bomzanसदावहार हिरो भुवन केसी पछिल्लो समय फिल्म निर्देशक बने । उनले आफ्नै छोरा अनमोललाई मुख्य भुमिकामा लिएर फिल्म ड्रिम्सको छयांकन सकाइसकेका छन ।
भुवन यसरी निर्देशक बनेपछि उनको पुर्व पत्नी नायिका सुस्मिता बमजन पनि निर्देशक बन्न लागेको खबर आएको छ । भुवनसँगको बैवाहिक सम्बन्ध ब्यक्तिगत असमझदारीकै कारण टुङग्याएका सुस्मिताले भुवनलाई च्यालेन्ज दिनकै लागि फिल्म निर्देशन गर्न लागेको समेत हल्ला चल्न थालेको छ ।
के साँच्चै कुनै समय एउटै फिल्ममा एकसाथ काम गरेर दर्शकको वाहवाहि कमाउने यो जोडि अहिले प्रतिस्पर्धीकै रुपमा देखिन लागेको हो त ? यसलाई सुस्मिता सिधै नकार्छिन । उनले फिल्म निर्देशन आफ्नो लामो समयको गृहकार्य भएको बताउछिन ।
भुवनले ड्रिम्स गर्नू र आफुले निर्देशनको तयारी गर्नु संयोगले एकै समयमा परेको उनी बताउछिन । भुवनसँग कुनै आरिश नभएको बताउदै उनले यसमा च्यालेन्जको कुरै नआउने प्रस्ट्याइन ।
सुस्मिताले निर्देशन गर्ने भनिएको फिल्मको नाम तथा कलाकार सार्वजनिक गरिएको छैन । गोप्य रुपमै निर्माणको तयारीमा रहेको फिल्मको छयांकन पनि मिडियाबाट टाढै रहेर सकाउने योजना छ ।

Namaste Filmy

Read Previous

सन्नीलाई एउटा बिज्ञापनबाटै ८ करोड ।

Read Next

‘नागरिक’को चुट्का गीत सार्वजनिक (भिडियो सहित )