'बिग बोस-८' को होस्ट सलमान हैन शाहरुख ??

[dropcap][/dropcap] [dropcap][/dropcap]र्चित भारतीय टि भी शो बिग बोसको होस्ट फेरीन सक्ने देखिएको छ । हालसम्म ह्याण्सम हंक सलमान खानले होस्ट गर्दै आइरहेको टि भी शो मा अब भने बी बादशाह शाहरुख खानको इन्ट्री हुनेछ ।s2बिग बोसले ७ सिजन पार गरिसकेको छ । यसअघिका सबै सिजनमा सलमान होस्टको रुपमा देखिएपनि बिग बोस सिजन ८ मा भने शाहरुख देखिन सक्ने भारतीय सञ्चारमाध्महरुमा उल्लेख छ । स्रोतका अनुसार हालै मात्र टेलिभिजनको एनिभर्सरी मा सलमान खान उपस्थित थिएनन तर शाहरुख भने एनिभर्सरी पार्टीमा रमाइरहेका थिए । सलमान पार्टीमा उपस्थित नहुनुलाई चैनलले गम्भीर रुपमा लिएको बताइन्छ तसर्थ अगामी बिग बोसको होस्ट शाहरुख हुन सक्ने स्रोतको दाबी छ ।
स्मरण रहोस गत बर्ष बिग बोस सिजन ७ होस्टको क्रममा पनि सलमानले अर्को सिजनको बिग बोसमा होस्ट नगर्ने बताएका थिए ।
बिग बोस सिजन ८ को होस्ट शाहरुख हुन्छ या सलमान नै फाइनल भने भइसकेको छैन ।

Namaste Filmy

Read Previous

'गुलाब ग्याङ' प्रदर्शनमा अदालतले रोक लगायो ।

Read Next

फिल्मको हिरो रोएको हेर्नुस । 'डिभोर्स'को गीत रिलिज । (भिडियो)