शोभित बस्नेतले संचारकर्मी रबि अधिकारीलाई तीजको गीतमा नचाए (भिडियो सहित )

IMG_0089निर्देशक शोभित बस्नेतले पहिलो पटक तीज गीतको भिडियो निर्देशन गर्नु भएको छ ।चितवनमा बसेर लामो समय देखि रंग पत्रकारितामा सक्रिय रबि अधिकारीको अभिनय रहेको छ नया तीजको गीतलाई शोभितले निर्देशन गरेका हुन् ।संचारकर्मी रबि अधिकारीको केहि समय अघि अर्को भिडियो समेत बजारमा आई सकेको छ ।
IMG_0062गएको बर्षको सफल गीत ‘हङ्कङ्को चुरा’को सफलता पछि गायक केन्द्र कुँवरले ‘राम्री भएर के हुदो रैछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीत गीतमा रबि सगै गायक केन्द्र कुँवर पछिलो समय म्युजिक भिडियोका व्यस्त मोडल राधिका थापा र सोनीका कार्कीको अभिनय रहेको छ ।चर्चित गायिका मुना थापा मगर र केन्द्र कुँवरको स्वरमा सजिएको यस गीतलाई शंकर भुजेलको शब्द तथा लयमा तयार पारिएको हो ।सन्तोष सुनवारको छायांकन ,जीवन शाहीको सम्पादन रहेको गीतलाई नमस्ते मिडिया हाउसले निर्माण गरेको हो ।
IMG_0245हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिक आउदै गर्दा बजारमा तीजको गीत आउने क्रम बढ्न थालेको छ ।अभिनय क्षेत्रमा अघि बढ्दै गरेका संचारकर्मी रबि अधिकारीलाई भने यस गीतको शब्द र संगीतले गर्दा यस बर्षको तीजमा राम्रो चर्चा पाउनेमा दुक्क देखिएका छन् ।स्वर, शब्द र लय राम्रो लागेकोले नै शोभित बस्नेतले पहिलो पटक तीज गीतको निर्देशन गरेको बताउनु भयो ।

भिडियो हेर्न यहाँ जानुहोस

 
 

Namaste Filmy

Read Previous

आफुभन्दा १३ बर्ष कान्छिसँग बिहे गर्दै 'बाहुबली' स्टार ।

Read Next

अब अनमोलको कुन फिल्म ?