'वडा नं. ६' को मन छुने गीत रिलिज । भिडियो ।

oda number 6प्रतिक्षित फिल्म ‘वडा नं. ६’ को सुन्दर गीत रिलिज भएको छ । ‘सुर्के थैली खै’ बोलको मौलिक गीतमा थुप्रै चिनिएका अनुहारहरु छन । ब्यस्त हिरोइन प्रियंका कार्कीदेखि दिपाश्री निरौला, रञ्जिता गुरुङसँगै माग्ने बुढा, दयाहाङ राई, दिपकराज गिरीलगायत गीतमा नाचेका छन ।
गीतले दर्शक स्रोताको मन छुने अपेक्षा निर्माण युनिटको छ । यसअघि पनि फिल्मको वाहियात लभस्टोरी बोलको गति सार्वजनिक भएको थियो ।
फिल्मलाई दिपकराज गिरीसँगै दिपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेका हुन । फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन ।
दिपक, दिपा, दयाहाङ, प्रियंका, माग्ने बुढा बाहेक पनि मुन्द्रे, धुर्मुस, नीर शाह आदि फिल्मका कलाकार हुन । फिल्म असोज १ गतेबाट रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

अब अनमोलको कुन फिल्म ?

Read Next

‘टिचर’को कथा सबै विद्यार्थीका लागि मार्गदर्शन हो’ ः शोभित बस्नेत