जेलमा दुई दिनदेखि भोकै सञ्जय दत्त ।

sanjay-duttसन १९९३ को बम धमाकामा दोषी प्रमाणित हुदै जेल सजाय काटिरहेका बलिउड अभिनेता सञ्जय दत्त दुई दिनयता भोकै रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार आफ्नो बुवाको बहिनीको मृत्युको शोकमा उनले केहि पनि नखाएको र भोकै रहेको उल्लेख गरेका छन ।
पारिवारिक स्रोतले फुपुको निधनबारे सञ्जयलाई जानकारी नदिने योजना बनाइएपनि उनले थाहा पाएको र शोकमा डुबेको हो । उनले फुपुको अन्तिम संस्कारमा जान चाहेको भएपनि जेलबाट छुट्टि नदिएको बताइन्छ ।
निकट स्रोतका अनुसार उनी दुईदिनयता निकै दुखि छन र आँखाबाट आँशु खसालिरहेका छन ।

Namaste Filmy

Read Previous

‘टिचर’को कथा सबै विद्यार्थीका लागि मार्गदर्शन हो’ ः शोभित बस्नेत

Read Next

चितवनमा 'लभ सब' । सलोन 'टोले डन' ।