फिल्मको हिरो रोएको हेर्नुस । 'डिभोर्स'को गीत रिलिज । (भिडियो)

अगामी चैत्र २१ गते रिलिज मिति तोकेको फिल्म डिभोर्सको नयां गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका नायक किशोर श्रेष्ठले आफनै श्रीमति पर पुरुषसंग भेटिएपछिको मर्मलाई प्रस्तुत गरिएको छ ।Picture1-001बिशाल हुमागाईको शब्द तथा संगीत रहेको गीतलाई चर्चित गायक प्रमोद खरेलले गाएका हुन ।
डिभोर्स समाजमा हुने गरेका अनैतिक सम्बन्धले निम्त्याउने परिणामहरुलाई चित्रण गरिएको फिल्म हो । मनिष पन्थले निर्देशन गरेको फिल्मलाई श्रीनगर फिल्मसको ब्यानरमा रोहित पुरी र मिनप्रसाद श्रेष्ठले निर्माण गरेका हुन । लेखन तथा छयांकन समेत स्वयम निर्देशक मनिष पन्थकै रहेको फिल्ममा किशोर श्रेष्ठ, विनिता रम्तेल, आभास अग्रहरी, प्रदिप ढकाल, सरुना खत्री, बिना थापालगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

'बिग बोस-८' को होस्ट सलमान हैन शाहरुख ??

Read Next

नेपाली फिल्मको बढ्दो बिदेशी बजार अष्ट्रेलियामा बेचियो `फिटकिरी`