
चलेको गीतकार शंकर अधिकारी घायल पछिल्लो समय निर्देशनमा ब्यस्त बन्न थालेका छन । उनले निर्देशन गरेका आधा दर्जन जति म्युजिक भिडियो बजारमा आइसकेका छन । उनको निर्देशनलाई सबैले खुलेरै तारिफ गर्ने गरेका छन ।
यसै क्रममा उनले हालै एक नयाँ भिडियोको छयांकन सकाएका छन । ‘दोबाटोमा जुध्यो आँखा’ बोलको उक्त भिडियोबाट हर्षित मोडलिङमा उदाउदैछन । हर्षितमा हिरोमा हुने सबै खालको गुण रहेका शंकर बताउछन । त्यसैले उनलाई मोडलिङमा ल्याएको र एकदिन देशकै चिनिने कलाकार बन्ने उनको बिश्वास छ ।भिडियोको छयांकन गोदावरी आसपासमा गरिएको हो । भिडियोमा हर्षितलाई मोडल सन्ध्या भट्टराईले साथ दिएकी छिन । भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन भने नविन पन्तले सह निर्देशन गरेका हुन ।
गीतमा नित्याशिवा र गणेश चौधरीको स्वर रहेको छ ।

