नम्रताको जीवनीमा उपन्यास । 'सेक्स टेप'को कुरा समेटिएलान ?

namrataचल्तीकी नायिका नम्रता श्रेष्ठको जीवनीमा उपन्यास लेखिने भएको छ । उपन्यासकार प्रियासनले उपन्यास लेखेर पाण्डुलिपि तयार पार्दैछन ।
सो पाण्डुलिपि नम्रताले हेरेपछि प्रकाशन गर्ने या नगर्ने अनुमति दिइनेछ । उपन्यासकारले भने आउदो दशैअघि नै उपन्यास प्रकाशन गर्ने योजना बनाएका छन ।
नम्रताको जीवनमा आएका विभिन्न तिता मिठा घटनाहरु उपन्यासमा समेटिनेछन । यसबीचमा नम्रताको सेक्स टेप सार्वजनिक भएको घटना उपन्यासमा समेटिने या नसमेटिनेमा कौतुहलता उत्पन्न भएको छ ।
स्मरण रहोस नम्रता फिल्ममा जम्दै गरेको समयमा उनको गोप्य ‘सेक्स टेप’ लीक भएको थियो । सो समयमा हंगमा नै मच्चाएको डिजे तान्त्रिकसँगको उक्त गोप्य टेपले नम्रता निकै तनावमा परेकी थिइन ।
त्यसबेला नम्रताको चलेको फिल्म ‘मेरो एउटा साथी छ’ प्रदर्शन भइरहेको थियो ।

Namaste Filmy

Read Previous

यी हुन ५०० करोड माथी कमाउने ४ भारतीय फिल्म ।

Read Next

भक्कानिदै स्वेताले भनिन् : अर्को बिहे गर्दिन ।