पौषमा सर्यो 'IAF Artist अवार्ड' ।

यहि सेप्टेम्बर २६ अर्थात असोज १० गते आयोजना गरिन लागिएको ‘IAF Artist अवार्ड’ को मिति परिवर्तन गरिएको छ । आयोजक संस्थाले एक बिज्ञप्ति जारी गर्दै अवार्डको मिति परिवर्तन गरिएको जनाएको हो ।
नयाँ मिति तीन महिनापछि डिसेम्बर २० अर्थात पौष ५ लाई तोकिएको छ । उक्त दिनमा बेल्जियममा एक भव्य समारोहका बीच अवार्ड बाँडिनेछ ।
विभिन्न प्राविधिक तयारी अपुग हुने भन्दै अवार्ड सारिएको बिज्ञप्तिमा उल्लेख छ । आयोजक संस्था अन्तराष्टिय कलाकार मञ्च युरोपका सदस्यहरु एनआरएनको कार्यक्रमहरुमा ब्यस्त रहेकाले तयारी अपुग हुने बिज्ञप्तिमा जनाइएको छ ।
अन्तराष्टिय कलाकार मञ्च नेपालका अध्यक्ष प्रदिपकुमार उदय हस्ताक्षरित विज्ञप्तिमा केहि दिनमै उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिने पनि उल्लेख छ । हाल गतबर्ष रिलिज भएका फिल्महरु जुरीले हेर्ने काम भइरहेको छ ।IAF_artist_award

Namaste Filmy

Read Previous

शाहिद र आलिया अभिनित 'शानदार'को ट्रेलर आउट ।

Read Next

नेपाली बक्सअफिसमा सकरात्मक बलिउड ।