नेपाली फिल्मको बढ्दो बिदेशी बजार अष्ट्रेलियामा बेचियो `फिटकिरी`

सि पि जैशी,लम्की कैलाली
यहि चैत्र ७ गतेबाट नेपालभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘फिटकिरी’लाई चैत्र ९ अथवा मार्च २३ गते अष्ट्रेलियामा रिलिज गरिने भएको छ । एकता फिल्मसलाई फिल्म निर्माण युनिटले फिल्म प्रदर्शनको अधिकार दिएको निर्माता अर्जुनकुमारले जानकारी दिनु भएको छ ।
fitkiri
बिहिबार एकता फिल्मससँग फिल्म प्रदर्शन अनुमतीका लागि निर्माण युनिटको तर्फबाट निर्माता अर्जुन कुमार र सुमित मैनालीले सम्झौता गरे हुन् । रकम उल्लेख नगरेपनि निर्माता कुमारले मोटो रकममा अष्ट्रेलिया प्रदर्शनको अधिकार दिएको बताएका छन् । यस्तै अप्रिल ६ तारिखमा यो फिल्मलाई हङकङमा पनि रिलिज गरिने निर्माता कुमारले जानकारी गराए हुन् । र अन्य देशमा पनि रिलिजका लागि कुरा चलिरहेको उनको भनाई छ ।
fitkiri film
सौगात मल्ल, निश्चल बस्नेत र दिया मास्के लिड रोलमा प्रस्तुत भएको फिटकिरीले काठमाण्डौमा हुने समुहगत फाईट र त्यस्को अनुसन्धानको कथा बोल्नेछ । थिएटरमा जमेका अनुप बरालले निर्देशन गरेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ ।
fitkiri1

Namaste Filmy

Read Previous

फिल्मको हिरो रोएको हेर्नुस । 'डिभोर्स'को गीत रिलिज । (भिडियो)

Read Next

फ्राइडे रिलिज : "ऋतु 'र 'तोरी लाहुरे "