'राते काँइला'लाई हलिउड अवार्ड ।

sunil thapaचर्चित नेपाली अभिनेता राते काँइला उर्फ सुनिल थापालाई हलिउड अवार्डले सम्मान गरिने भएको छ । अमेरिकाको सन्फ्रान्सिस्को मा जारी फग अवार्डमा थापालाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरिन लागेको हो । उनलाई त्यहाँको समयअनुसार शनिबार एक भव्य कार्यक्रमका बीच अवार्ड दिइदैछ ।
उनीसँर्ग बिश्वचर्चित कलाकारहरु ज्याकि च्याङ, बप्पी लाहिरी, किऊ चीन र मटिन सीनलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड दिइदैछ ।sunil_thapa_hollywoodहिन्दी फिल्म ‘मेरी कोम’मा समेत अभिनय गरेर चर्चित बनेका सुनिलले सम्मान पाउनु आफ्नो ठुलो उपलब्धि रहेको बताए । उनले सबै नेपालीको गौरवको कुरा भएकाले सधै यसरी नै नेपालीको शीर ठाडो बनाइरहने बताए ।
‘फग’ मा नेपाली फिल्म र फिल्मकर्मीले पहिलो पटक सहभागिता जनाएका हुन । निकै प्रतिष्ठित फेस्टिबलमा नेपाली कलाकारहरुले पनि नृत्य प्रस्तुत गर्दैछन । जसका लागि केकी अधिकारी, शंकर बिसी, नन्दिता केसी, सुरेश दर्पण पोखरेल लगायत अमेरिकामा छन ।

Namaste Filmy

Read Previous

यसकारण चल्छ 'होस्टेल रिटर्न्स' ।

Read Next

सन्नी लियोनका फ्यानका लागि खुशीको खबर ।