फ्राइडे रिलिज : "ऋतु 'र 'तोरी लाहुरे "

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात फाल्गुन २३ गते बाट दुई नेपाली चलचित्र “ऋतु ‘र ‘तोरी लाहुरे ” प्रदर्शन भएका छन् ।
यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्रहरुको बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :
“ऋतु ‘
1801090_586910498064051_742835736_n
पछिल्लो पटक नेपाली चलचित्र नगरीमा सम्भावना बोकिएको चलचित्रको रुपमा हेरिएको चलचित्र “ऋतु” फाल्गुन २३ गते शुक्रबार बाट काठमान्डौको मुख्य मुख्य मल्टीपेलेक्स हल सहित देशका करिब ६० वटा सिनेमा हलहरुमा शुक्रवारदेखी एकैसाथ प्रदर्शनमा आएको छ । मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन ।अष्ट्रेलियाको रमणिय स्थलहरुमा र नेपालमा छायांकन गरिएको ऋतुलाई सन्दीप बडालको कथा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ । चलचित्रमा राजवल्लभ कोइराला ,पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

 
‘तोरी लाहुरे ”
tori
सफल द्धन्द निर्देशक एन बी महर्जनले निर्देशन गरेको चलचित्र ‘तोरी लाहुरे ” पनि फाल्गुन २३ गते शुक्रबार बाट काठमाण्डौका मुख्य हलसहित उपत्यका बाहिरका ४० वटा हलबाट दर्शकमाझ आएको छ । फिल्ममा गजित बिष्ट, सुवास थापा, रोहित रुम्बा, अशिस्मा नकर्मी, दिनेश डि सी, सुशील पोखरेल लगायतको कलाकारहरुको अभिनय रहेको छ । सामाजिक कथामा बनेको एक्सन कमेडी फिल्म ‘तोरी लाहुरे’लाई दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले मिलेर निर्माण गरेका हुन् ।चलचित्र ‘तोरी लाहुरे “मा गम्भीर बिष्टको नृत्यनिर्देशन ,संगीत सन्तोष राज र गणेश चौधरीको र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ भने द्धन्द निर्देशन शंकर महर्जनले गरेका छन् ।चलचित्रको कथा कृष्ण आचार्य लेखेका हुन्, भने छायाँकन निरज कँडेलले गरेका हुन् ।

Namaste Filmy

Read Previous

नेपाली फिल्मको बढ्दो बिदेशी बजार अष्ट्रेलियामा बेचियो `फिटकिरी`

Read Next

"ऋतु"को नेपाल र अस्ट्रेलियामा भब्य प्रिमियर( भिडियो सहित )