पढ्नुहोस् टाट पल्टिएका भुषण दहालको कथा ।

भुषण दाहाल,
प्रमुख कार्यकारी,कान्तिपुर टेलिभिजन

bhusan2 (1) मिडियाकर्मकै कारण एक पटक टाट पल्टेर झुन्डिनलाई रुख खोज्दै हिँड्ने भूषण दाहाल हाल सफल मिडियाकर्मीका रुपमा स्थापित भइसकेका छन् । काठमाडौंमा २०२३ साल जेठमा टीकाभूषण दाहाल र तारा दाहालको सन्तानका रुपमा जन्मेका भुषणले प्रारम्भिक शिक्षा कान्तिश्वरी शिशु विद्यालय र सेन्ट जेभियर्सबाट हासिल गरे । त्यसपछि बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिएर साइन्स पढ्न अमृत साइन्स क्याम्पसमा भर्ना भए । आईएस्सी पढ्दा ‘फुक्या राँगोजस्तै बने, पढाइमा भन्दा सढाइमा व्यस्त रहे । अनि दुई वर्षको फजुल एकेडेमिक एअर खर्च गरिसकेपछि मानविकीमा त्रिचन्द्र कलेजबाट ब्याचलर सके । त्यति नै बेला मिडिया कर्ममा हाम फालेका उनले तीन÷चार वर्ष लगाएर त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा मास्टर्स सके । परिवारले मन नपराउँदा नपराउँदै मिडिया क्षेत्रमा होम्मिएका उनी अहिले कान्तिपुर टेलिभिजनको प्रमुख कार्यकारी निर्माताका रुपमा कार्यरत छन् । यसअघि उनले नेपाल टेलिभिजन, इमेज च्यानललगायतमा काम गरे । अहिलेको धेरै स्थापित मिडीयामा उनको कतै न कतै महत्वपूर्ण भूमिका रहेको धेरैलाई थाहा नहुन सक्छ । जति ठाउँमा काम गरे, संस्थाका लागि अनिवार्य बनेर काम गरे । पहिलो स्टाफका रुपमा कान्तिपुरमा प्रवेश गरेका उनी चर्चित कार्यक्रम दिशानिर्देशका जनक पनि हुन् । राम्रो टक प्रोग्राम ‘फायरसायड’को सञ्चालकका रुपमा परिचित उनी टक प्रोग्राममा आवश्यकताअनुसार सालीनता र आक्रामकता दुवै शैली प्रयोग गर्छन् । मिडियाकर्मी आफ्ना लागि बाँच्न नपाउँदो रहेछ– यो उनको अनुभव हो । डरलाग्दो संघर्ष र लोभलाग्दो जीबन दुबैलाई भोगेका भुषणलाई रोलमोडल मान्ने जमात पनि बाक्लो छ । आजका स्थापित र धेरैको लागि अनिवार्य पात्र बनेका भुषण दाहालसँगको अन्तरंग कुराकानी—
तपाइँ पत्रकार पनि हो नि ?
भन्छन् तर हो र, होइन होला ।
संचारक्षेत्रमा कसरी प्रवेश गर्नुभयो तपाईं ?
म नेपाल टेलिभिजन ज्वाइन गर्दा नेपाल टेलिभिजनलाई के चाहिन्छ, न उसलाई थाहा थियो न त म के गर्न सक्छु, मलाई थाहा थियो । आलमुनियमको काँडे एन्टेना लिएर आयोआयो भनेर हेर्ने बेलामा त्यो चिज (टेलिभिजन) मा प्रवेश गर्दा बढो गौरव भएको थियो तर ज्ञान भने थिएन । सिनियर मित्रहरुसँग बसेर काम गर्दा, उनीहरुबाट सिक्दा, रहरले नै धेरै चिज सिक्न थालियो । त्यसपछि बेलाबेलामा ढाडमा थपथपाइ पनि पाउन थालियो । त्यसले पनि अलिकति उत्साहित बनायो होला । पछि मैले एउटा बडो अनौठो मौका पाएँ । पाश्चात्य संगीतको एउटा कार्यक्रम ‘सन्डे पब’ भन्ने कार्यक्रम बनाउने र प्रस्तुत गर्ने मौका पाएँ । त्यसले नजानिँदो प्रकारले तत्कालीन युवाहरुमा प्रभाव पारेछ । मान्छेले बाटोमा हिँड्दा चिन्न थाले, दुई शब्द भए पनि मसँग बोल्दा उनीहरु अलिकति खुसी भएको मैले अनुभव गरें । त्यसले मलाई हौस्यायो । दुई वर्षसम्म त्यो मौका पाइरहँदा मैले त्यसलाई आफ्नै तरिकाले पनि अलिकति रुपान्तरण गर्ने प्रयास गरें । यत्रो मौका पाइसकें अब यसैमा अघि बढ्नुपर्छ, टाउको घुमाइरहनु हुन्न, आँखा घुमाइरहनु हुन्न भन्ने लाग्यो । विदेश जाने, पलायन हुने प्रशस्त मौका थिए । मलाई पलायन हुनबाट जोगाएको एउटा कारण परिवार पनि हो । म मेरो परिवारको एकमात्र सन्तान । म कहीं जान्छु भन्दा आमाको अनुहार अँध्यारो भइहाल्थ्यो, बाउ तीनचार दिन बोल्दैनथे । यसले पनि यहीं केही गर्न सघाए होला भन्ठान्छु । यसरी पब्लिकमा पर्दै गएको इम्प्रेसन र परिवारको बाध्यात्मक परिस्थितिले गर्दा मैले यहीं नै कही गर्न सकिन्छ भनेर थालेको हुँ ।
बाबुआमाबाट प्रेरणा पाउनुभएको थियो र ?
त्यस्तो केही भएन । बरु अलिकति डिस्करेज गरिएको थियो । 3 मेरो बुवाले निजी क्षेत्रबाट बनाएको चलचित्र माइतीघरमा अहम् भूमिका निर्वाह गर्नुभएको थियो, कलाकार पनि र व्यवस्थापनमा पनि संलग्न हुुनुुहुन्थ्यो । त्यसको संवाद पनि श्रीधर खनाल र मेरो बुवाले मिलेर लेख्नुभएको थियो । यसबाट उहाँले फिल्म प्रोडक्सनलाई धेरै नजिकबाट देख्नुभएको थियो । म टेलिभिजन छिर्दा उहाँले बढो दुखिया काम हुन्छ, पर्दामा हेर्दा जुन रमाइलो हुन्छ त्यो चिज तैंले कहिले पनि महसुस गर्न पाउँदैनस्, यो काम नगर भन्नुभएको थियो । आठदस वर्ष काम गरिसकेपछि समाजमा मेरो कामको प्रभाव पर्न थाल्यो, मेरो बुवालाई पनि कतै घुम्न निस्कँदा तपाइँको छोरा पो रैछ है त्यो त भनेर अरुले सुनाउँदा उहाँलाई पनि अलिकति सहज महसुस भएजस्तो लाग्छ । त्यसपछि भने बिस्तारै त्यो एन्टिप्रेसर घट्न थाल्यो ।
त्यसपछि तपाइँ अरु मिडियामा ज्वाइन हुनुभयो, कहाँकहाँ काम गर्नुभयो ?
साढे नौ वर्ष नेपाल टेलिभिजनमा काम गरें । त्यसपछि निजी क्षेत्रबाट पहिलोपटक इमेज च्यानलको प्रादुर्भाव भयो । त्यसका सञ्चालकले अलिकति कम्फर्टेबल ठाउँमा काम गर्ने हो कि, तिमीजस्तो मान्छेले अलिकति ग्रो गर्नुपर्छ भनेर मलाई प्रेरणा पनि दिनुभयो । म पनि एउटै ठाउँमा, सरकारी ठाउँमा दस वर्ष जागिर खाँदा पनि करार सेवाबाट कहिले त्राण पाइएन, यहाँ पनि करारकै जागिर हो क्यारे भनेर प्राइभेट टेलिभिजनतिर लागें । इमेज च्यानल नेपाल टेलिभिजनको समय किनेर एक घन्टाको कार्यक्रम देखाउने गरी सुरु भयो । म इमेज च्यानलको पहिलो कार्यकारी निर्माता भएँ । त्यहाँ मैले फिल्म डेभलप गर्नेदेखि लिएर इन्डिपेन्डेन्टली काम गर्ने मौका पाएँ ।
तीन वर्षजति म इमेज च्यानलमा काम गरें । त्यसपछि ?
बाह्रतेह्र वर्ष भइसकेको थियो टेलिभिजनमा काम गरेको । त्यसपछि ममा भयानक किसिमको महत्वाकांक्षा पलायो । जे पनि गर्न सक्छु भन्ने लाग्यो । अलिअलि पैसा पनि थियो । एउटा प्रोडक्सन कम्पनी खोल्छु भनेर दिव्यदृष्टि इन्टरनेसनल कम्पनी भनेर खोल्ने धृष्टता गरें । अनि त्यहाँ दुई वर्षजति लड्दैपड्दै काम गरें, भएको पैसा सकियो । अलिअलि ऋण पनि लाग्यो । ऋण तिर्न नसक्ने स्थितिमा पुगें । टाट पल्टिनु भनेको के हो, मलाई त्यति बेला थाहा भयो । कान्तिपथमा अफिस थियो । त्यहाँदेखि कुपन्डोलसम्म ट्याक्सी चढेर गएँ राति बाह्र बजेतिर ।
टाट पल्टिनु भनेको के हो, मलाई त्यति बेला थाहा भयो । कान्तिपथमा अफिस थियो । त्यहाँदेखि कुपन्डोलसम्म ट्याक्सी चढेर गएँ राति बाह्र बजेतिर । खल्तीमा हेरेको ट्याक्सी भाडा तिर्ने पैसा पनि रहेनछ । ट्याक्सी ड्राइभर भलाद्मी हुनुहुँदोरहेछ । तपाइँको घर देखिहालें, महिनाबारीमा ट्याक्सी चढ्नुस्, म लिन आउँछु भन्नुभयो । उहाँ र मेरो अहिले पनि घनिष्टता छ । उहाँले निःशुल्क सेवा जुन दिनुभयो त्यो म कहिले बिर्सन्न । म उहाँसँग गफ गर्थें । त्यही क्रममा ट्याक्सी पो चलाउनुपर्छ कि भन्ने सोच पनि आयो । रुख देख्दा झुन्डिएर मर्नु पो पर्छ कि भन्ने सोच पनि अयो त्यतिबेला । म पूरै टाट पल्टिएँ । त्यसपछि एकदुईजना साथीको सहयोग लिएर केही काम गर्न सकिन्छ कि भनेर कोसिस गरें तर ठगिने बाहेक अरु कुनैसम्भावना देखिन । एक रात फेरि अर्को एउटा के कुरा मनमा आयो भने मैले केही गर्ने हो भने टेलिभिजनकै माध्यमबाट गर्नुपर्छ । इमेज च्यानल त छाडिहालियो । त्यसले जस्तै मैले पनि त अहिले टाइम लिन सक्छु होला, पैसै तिर्ने हो, दिइहाल्छन् ।
एउटा यस्तो कार्यक्रम बनाउँछु जसको विषयवस्तुले नेपाली टेलिभिजनमा स्थान नपाएको होस् । खोज्दै जाँदा माओवादीको सशस्त्र विद्रोहलाई विषयवस्तु छाने तर म राजनीति पटक्कै नबुझेको मान्छे । त्यसपछि विजयकुमारजीको साथ लिने विचार गरें र आँट बटुलेर उहाँलाई भेटेर कार्यक्रम प्रस्तुत गरिदिन अनुरोध गरें । उहाँले दुईतीन दिनपछि हुन्छ भन्नुभयो । अलिकति आँट आयो, तर पैसो त छैन, कार्यक्रम बनाउनलाई पैसो चाहियो । विजयकुमारले कति पैसा लिनुहुन्छ भन्ने पनि थाहा थिएन । उहाँले मलाई लिन्छु भनेको फी त जुटाउनै प¥यो ।
प्रोडक्सन अनि ट्रान्समिसनका लागि ३०–३५ हजार त चाहियो नै । त्यसपछि म मित्र भाष्करराज कर्णिकारकहाँ गएँ र पैसा हाल्न भनें । उसले पनि आँट्यो । त्यसपछि ‘दिशानिर्देश’ को प्रथम बाह्र एपिसोड निर्माण गरें । त्यसपछि मैले तेह्रौं एपिसोड गरिन । बाह्र एपिसोडको अन्त्यमा तीन लाख रुपैयाँ नगद भयो र जीवनमा नयाँ प्राण थपियो । केही गरौंला भन्ने सोच्दै गर्दा कान्तीपुर टेलिभिजनले लाइसेन्स पायो र मलाई प्रथम स्टाफका रुपमा हायर ग¥यो । त्यसपछि अहिले प्रमुख कार्यकारीसम्म बनेको छु ।
शुरुवातमा तपाईंले पत्रकारितामा कस्तो अवस्था व्यहोर्नुभयो ? bhusan2 (2)
मिडियामा देखिइरहने मान्छे, समाजमा घुलमिल हुन खोज्दा कहिलेकाहीं अप्ठ्यारो पथ्र्यो । बाटामा हिँडिरहेका बेला कसैले प्वाक्क केही भनिदियो भने पनि सहन गाह्रो पथ्र्यो । त्यस्तो बेला असुरक्षाको वातावरण बन्थ्यो । तर पछि राजनीति बुझ्न थालें र राजनीतिज्ञले पनि पत्याउन थाले । पहिले नौटंकी कार्यक्रम गर्दा वरिष्ठहरुले यो नौटंकीले के गर्न सक्छ र भनी टीकाटिप्पणी गर्थे । त्यसबाट एउटा इख पलायो ममा र जसले गरिरहेको चिजलाई तिखार्न प्रेरणा पाएँ । मेरो बुवाले दुईचारवटा गहन कुरा भनेर जानुभयो जस्तो लाग्छ । मान्छे दुईथरीको मात्रै हुन्छ भनेर उहाँ भन्नुहुन्थ्यो । कि मान्छे सफल हुन्छ कि असफल भन्नुहुन्यो । जे काम गरिरहेको छ त्यसबाट सन्तुष्ट हुनु, गुजारा चल्नु र अतिरिक्त कमाइ पनि भयो भने त्यो मान्छे सफल हुन्छ । असफल भनेको मजस्तो मान्छे भन्नुहुन्थ्यो । गर्नलाई प्रशस्त गरेको तर त्यसबाट जीविकोपार्जन गर्न पनि धौधौ । यस चिजले मलाई छोयो । म पनि त आधा बाटो हिँडिसकें नि भन्दा उहाँ भन्नुहुन्थ्यो ढंगले चल्न सकिस् भने तँ सफल हुन सक्छन् । मलाई अन्तिममम्म पनि तँ पूरै सफल भइस भनेर भन्नुभएन । मलाई पनि म सफल भइसकें भन्ने लाग्दैन । बुवाको यस अर्तिले मलाई घचघच्याइरहन्छ ।
अभावका अरु अनुभव केही छन् ?
प्रसस्त । खल्तीमा एक लाख हुँदा अथवा सुख्खा दाम हुँदा पनि त्यसबारे अरु मान्छेले थाहा नपाओस् भन्ने मलाई लाग्छ । अझै पनि म त्यस्तो स्थितिबाट गुज्रिरहेको छु । कहिले खल्तीमा पचासौं हजार हुन्छ, कहिले सुख्खादाम पनि हुँदैन । यसबारे म कसैलाई थाहा दिन्न । म मिडिया क्षेत्रमा छु । कसैले नचिन्ने क्षेत्रमा भएको भए म सजिलै जीविकोपार्जन गर्न सक्थें होला । मलाई बाबुआमाले दिएको जेजति चिज छ त्यसले गर्दा मलाई घर बनाउनुपर्ने आवश्यकता छैन । खाना खाने पैसा कमाइ नै रहेको छु । परिवारको पनि फजुल खर्च गर्ने सोख नभएका कारण दालभात खान दुःख छैन ।
तर तपाइँले दुःखचाहिँ धेरै भोग्नुभएछ, हैन ?
तत्कालीन हिसाबले दुःख लाग्ने तर अहिले सम्झिँदा आनन्द लाग्छ ।
सफल पत्रकार बन्न कसरी सकिएला ? कस्तो गुण र विशेषता हुनुपर्छ ?
हरेक पेसाको सफलताको मापदण्ड एउटै हुँदैन । मलाई सफल मान्नुहुन्छ भने मेरो सफलता मेरो कर्ममा मात्रै सीमित हुनुपर्छ । म संसारका ठूला टेलिभिजनकर्मीले पाएको सफलताको लोभी हुन जायज हुन्छ । अन्य क्षेत्रका व्यक्तिको सफलताको रिस वा डाह वा चाह गरेर म त्यहाँ पुग्दैपुग्दिन । त्यस्तो चाह गरेमा म मेरो कर्मप्रति गम्भीर हुन्न । यस्तो अवस्थामा सफलता भन्ने कुरा कहिले पनि प्राप्त गर्न सकिँदैन । आफ्नो दायरा छर्लंग हुुनुपर्छ । म एउटा सञ्चारकर्मी हँु भने मैले आफूलाई कहिले पनि विनोद चौधरी ठान्नुभएन । सफलता मेरो विचारमा केही हो भने कन्सिसटेन्सी हो । पत्रकार सफल हुनका लागि आफ्नो पेसाप्रतिको फोकस गुमाउनुभएन ।
पत्रकार सफल–असफल कसरी हुन्छ ?
सफल हुनका लागि सफल हुँदाहुँदै मर्नुपर्छ किनभने सफल हुँदाहुँदै मरेका मान्छे अमर हुन्छन् । संसारको रीत नै यस्तै छ । तपाइँ लक्षित वर्गले खोजेको कुरा दिन सक्नुभयो भने सफल हुनुभयो नभए जबरजस्ती गरेर टिक्न सकिन्न ।
नेपाली पत्रकारहरु बदनाम र आलोचित पनि छन्, यस्तो किन होला ?
बदनामी समाजको एउटा अभिन्न अंग हो । बदनामै भएर बाँच्न रहर गर्ने मान्छे पनि हुन्छन् तर अधिकांश मानिस बदनामीबाट बचेर बाँच्न लालायित हुन्छन् । त्यस्ता मान्छेलाई छिर्के हानेर लडाउन चाहने मानिस पनि हुन्छन् । यस्तो डर भँगेरा र कागको जस्तै हो । भँगेराले कागलाई झार्छु भनेर सक्दैन तर कागले चाह्यो भने ठुङ्छ, मार्न पनि सक्छ । यस्तो थ्रेट मानवको जीवनमा भइरहने चिज हो । इमानदारीको पनि आआफ्नो व्याख्या होला तर इमानदारी भनेको मैले गरिरहेको चिज कसैलाई पीडा पु¥याउनका लागि होइन भन्ने कुरामा तपाइँ स्पष्ट हुनुभयो भने तपाइँ गलत हुने सम्भावना कम हुन्छ तर तपाइँले गरेका कामहरुबाट कोही शतप्रतिशत सन्तुष्ट हुन्छ भन्ने कसैले ठानेको छ भने त्यो मान्छे स्वतः असफल हुन्छ । तपाइँले समाजमा बसेर काम गर्नुभएको छ भने तपाइँको आलोचना हुन्छ ।
तपाइँले समाजभन्दा बाहिर काम गर्नुभएको छ भने कसले आलोचना गर्छ र ? नेपालको मिडियामा लगानी निकै भइरहेको छ । यत्रो चासो किन देखिएको होला ? यसले राज्यलाई नराम्रो असर पु¥याउला कि नपु¥याउला ? सबै बाँच्लान् ?
आजभन्दा २५ वर्ष अगाडि यो प्रश्न गर्नुभएको भए त्यतिबेला कसैसँग जबाफ थिएन । अहिले आएर राज्यले खुला मिडिया नीति अवलम्बन ग¥यो । त्यसपछि मिडिया भनेको त राम्रो चिज रहेछ नि भनेर सुरु गरेका हुन सबैले । मिडियासँग जोडिएपछि यसले गर्न सक्ने खराबीबारे पनि ज्ञान बढ्दै गयो । मिडिया पावरफुल छ किन भनिन्छ ? मिडिया एउटा दुईटालाई मात्र दिने हो भने पावर एब्सुलुट पावरमा कन्भर्ट हुन्छ । प्रजातन्त्रमा सबैले अधिकार पाउनुपर्छ भनेको होइन त । यो सबै क्षेत्रमा लागू हुन्छ । त्यसको एउटा विस्तारित रुप मिडिया पनि भयो । यो बढ्दै गयो । यसको आकार कति हुनुपर्छ भन्ने कुरा न मिडियाकर्मीलाई थाहा छ न सरकारलाई नै । नेपालमा साढे तीनसय बढी एफएम भएको राम्रो कुरा हो तर डरलाग्दो पनि किनभने त्यसमा लगानी छ । यो चासो प्राकृतिक हो, तर सञ्चालन भने अप्राकृतिक भइरहेको छ । मिडियाको विकास संख्यात्मक मात्रै भयो भने क्यान्सरसजस्तै हुन्छ ।
पत्रकारका लागि खतरा कहाँबाट देख्नुहुन्छ ?
पत्रकारका लागि खतरा समाजबाटै हुन्छ । समाज खतरनाक हुँदै गयो भने पत्रकारिता सुरक्षित हुन्छ भन्न सकिन्न ।
पत्रकारको हकहित र सुरक्षाका लागि के गर्नुपर्ला मिडिया हाउसहरुले ?
मिडिया हाउस विभिन्न थरीका छन् । मैले धेरै मिडिया हाउससँग संगत गर्ने मौका प्रत्यक्ष रुपमा पाएको छैन । सरकारी मिडिया हाउसमा काम गर्दा त्यसमा सर्टेन सेक्युरिटी थियो । काम गर्दा पैसा पाहिन्थ्यो । प्राइभेट सेक्टरमा सुरुका दिनमा अलि बढी सेवासुविधा थियो । यो सेक्टर भनेकै राम्रो मान्छेलाई राम्रो पैसा दिएर राम्रो परिणाम ल्याउन प्रयत्न गर्ने सेक्टर हो तर अब अहिले प्राइभेट क्षेत्र फराकिलो भयो । यसमा सस्टेनेबल हुन नसक्दा पत्रकारका हकहितका कुरा पनि ओझेलमा परे । तीन करोड भन्दा बढी जनता भएको देशमा, पचास लाख साक्षर भएको देशमा कतिवटा पत्रिका चाहिन्छ, कतिवटा रेडियो, टेलिभिजन चाहिन्छ भन्ने निर्दिष्ट खाका राज्यले बनाइदिने हो । अनि त्यसपछि त्यसमा लाग्ने मान्छेको आधारभूत सुरक्षाको ग्यारेन्टी पनि राज्यले गर्न सक्छ । त्यसपछि अरु मिडिया हाउसले गर्ने कुरा हो । प्राइभेट सेक्टरले रुखबाट टिपेर ल्याएर पैसा दिने त होइन तर पत्रकारको सुरक्षाका लागि मिडिया हाउसको पनि जिम्मेवारी रहन्छ ।
bhusan dahal (9) पत्रकारिता नगरेको भए के गर्नुहुन्थ्यो ?
खै, के गरिन्थ्यो कुन्नि । न मेरो कुनै सपना थियो न कुनै एम्बिसन । म एउटा साधारण जीवन सजिलै बिताइरहेको मान्छे, प्रशस्त साथीभाइ भएको मान्छे । यो नगरेको भए यो गर्थें होला भन्ने कुरा कल्पनासम्म पनि गर्न चाहन्न किनभने अब मैले कल्पना गर्न थालें भने सायद बहुलाउँछु होला ।
पत्रकारिताका नवप्रवेशीलाई तपाइँको के सुझाव छ ?]
यो काम सुरु गरेर मैले जुन मौका पाएँ त्यो मौका अबका पिँढीका लागि दन्त्यकथाजस्तो हुन्छ । त्यो मौका छँदै छैन भन्ने पनि होइन । मौका छ तर प्रतिस्पर्धा तीव्र छ । पत्रकारिताका लागि शैक्षिक योग्यता छैन भने पक्कै पछि परिन्छ । त्यसैले गर्दा प्रतिस्पर्धाका लागि तयार हुनुप¥यो । कलेज गएर फर्केर आएर मात्र हुँदैन, दत्तचित्त भएर आफूले गर्न चाहेको पेसाका बारेमा पढ्नुप¥यो । अब विश्वव्यापी रुपमै प्रतिस्पर्धी हुनुपर्ने बेला भइसक्यो । योग्य भए संसारको कुनै पनि कुनामा पुगी काम गर्न सकिन्छ । त्यसैले असाधारण मेहनत नगर्दा मिडियाको जीवन त झनै कष्टकर बन्छ ।
पत्रकारहरु पलायन भइरहेको अवस्था पनि छ । कोही विदेश लागे, कोही अर्कै पेसामा, यस्तो किन भएको होला ?
पलायन मिडिया क्षेत्रमा मात्र होइन, सबैमा छ । राजनीतिज्ञ पनि पलायन भएका छन् । चिकित्सक, डाक्टर, सुरक्षाकर्मी, सबै पलायन भएका छन् । यो समाजको प्रवृत्ति नै भएको छ । मिडिया पनि यसबाट अछुतो रहन सक्दैन । कोही डरले पलायन भएका छन् कोही पारिवारिक बाध्यताका कारण । मिडियामा लागिसकेपछि सर्टेन लाइफ स्टायल बनाउन कति कठिन छ भन्ने यही क्षेत्रका मान्ेछलाई थाहा छ । यसैले गर्दा पलायन स्वाभाविक नै हो । अवसर अहिले संसारभरि छ ।
तपाइँको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता अभावग्रस्त काम हो । समाजमा प्रभाव पार्न एउटा पत्रकारलाई जति मिहिनेत गर्नुपर्छ, एउटा जुवाडेले, नाफाखोर ठेकेदारले, एउटा चिकित्सकले त्यति मेहनत गर्नुपर्दैन । पत्रकारिता एउटा अभावग्रस्त पेसा किन हो भन्दा यसको प्याकेजिङ नै मिलेको छैन । हामी भारतीय फिल्महरुमा देखाउने एउटा थोत्रो पेन र झोला बोक्ने पत्रकारिताको बिम्ब भएको समाजका उपज हौं । हामीले अंग्रेजी सिनेमा बुझेनौं, अंग्रेजी फिल्ममा देखाइएको पत्रकारको बिम्ब हामीलाई थाहा भएन । दालभात खाने कि टाइम्स अफ इन्डिया किनेर पढ्ने ? त्यहाँ देखिएको पत्रकारिताको सम्पन्नता हालसम्म नेपाली पत्रकारितामा आइपुगेकै छैन । त्यसैले यो एउटा बडो कष्टदायी पेसा हो । यसलाई कम कष्टकार बनाउन पत्रकारितामा लागेको मान्छेले आफ्नो जीवनलाई गाइड गर्न सक्नुपर्छ ।
पत्रकारले आफ्नो पेसाबाट के पाउँछ, के गुमाउँछ ?
यस क्षेत्रबाट मैले केही पनि पाउँदिन भने पनि गलत हुन्छ, सबै पाउँछु भने पनि गलत हुन्छ । बीचमा भौंतारिरहनुभयो भने दःुखमात्रै पाइन्छ । यही अवस्था धेरै छ । राम्रो मिडिया कम्पनीमा हो भने राम्रै तलब पाइन्छ । टेलिभिजनमा हो भने मान्छेले चिन्छन् । यसले पनि मानिसको मनोबल बढाइरहेको हुन्छ । एक ठाउँमा पुगेपछि भने त्यस चिजबाट वाक्क भइन्छ । आफ्नो जिन्दगी संसारका लागि हुन्छ, आफ्नै हुँदैन । परिवारसँग बसेर रमाइरमाई रेस्टुरेन्टमा चाउमिन खान पाइँदैन । वरिवरिका मान्छेले हेरिरहेका हुन्छन्, बोल्न खोज्छन्, सुझाव दिन्छन् । यो गुमाइ हो ।
bhusan dahal (5) एउटा टेलिभिजनकर्मी भनेको ?
टेलिभिजनकर्मी, नक्कल पार्नुपर्ने पत्रकारिता ।
समाचारको स्रोत के हो ?
यसको पनि एउटै परिभाषा छैन । यो विभिन्न थरीको हुन सक्छ । सम्पर्क, द्वन्द्व सबै स्रोत हुन सक्छन् । नेपाली मिडियामा केही समस्या देख्नुभएको छ ? समस्या छ, ठूलो छ । मिडियाका मार्फत समाजलाई पस्किरहेको सामग्रीमा जुन किसिमले राजनीति हावी भएको छ, नेपाली पत्रकारितामा गाँसिएको असफलता यही हो । किनभने राजनीतिलाई स्थान दिने क्रममा अन्य खुसीयालीलाई स्थान दिन सकेका छैनौं । यहाँ घट्टबाट बिजुली निकालिएका खुसीयाली छन्, बाख्रापालनका खुसीयाली छन् । विदेशीको भारी बोकेर २१ चोटि सगरमाथा चढेका खुसियाली छन् । यस्तो पहाडी मुलुकमा चारचोटि दुर्घटनामा परी बाँचेर प्लेन चलाइरहेका पाइलटका समाचार छायामा परेका छन् । यो सबैभन्दा ठूलो समस्या हो ।
तपाइँले पत्रकारिता जीवनमा गर्नुभएको महत्वपूर्ण स्टोर्री स्कुप’ के छ ?
म प्रत्यक्ष पत्रकारिताको पाटो हँु भनेर दाबी गर्दिनँ । मैले बुझेको टेलिभिजनमात्रै हो । समसामयिक मुद्दामा काम गरेको मेरो अनुभव लामो छैन । मैले पुराना विषयमा बढी काम गरें । सञ्चारलाई मनोरञ्जनको पनि यन्त्र ठान्ने मान्छे भएको हुनाले मैले काल्पनिक सिर्जनाहरुमा अथवा स्टोरी टेलिङहरुमा समय बिताएको छु । यसैले अझै पनि मेरो कर्म चाहिँ पत्रकारिता नै हो भन्न चाहन्न र मैले कुनै स्कुप खडा गरेको छु भन्ने होइन तर मैले गरेको कुनै चिजले समाजमा प्रभाव पारेको थाहा लाग्छ कहिलेकाहीं । तपाइँले एकताका संविधानलाई कोट गरेर नेपाली झन्डाको व्याख्या गर्नुभएको थियो र सारा मन्त्रालयमा भएका खुइलिएका झन्डालाई लिएर कार्यक्रम गर्नुभएको थियो भनेर एकजना अधबैंसे मान्छेले भन्नुभयो । यो सुनेर म चकित भएँ किनभने त्यो कार्यक्रम सञ्चालन भएको अठार वर्ष भइसक्यो । साँच्चै त्यसको प्रभाव परेको थियो । कार्यक्रम सञ्चालन भएकै भोलिपल्ट सचिवहरु नै सक्रिय भएर सिंहदरबारका मन्त्रालयमा भएका झन्डा फेरिएका थिए । त्यस्तै मैले फायरसायडमार्फत पुराना हतियार कौडिको मुल्यमा बेचिएको कुरा पहिलोपल्ट सार्वजनिक गरेको थिएँ । यस्ता थुप्रै अनुभव छन् ।
कार्यक्रम बनाउने क्रममा भोगिएको कुनै अविस्मरणीय घटना छ ?
त्यस्ता थुप्रै छन् । मैले साप्ताहिक रुपमा राजनीतिक कार्यक्रम चलाउन थालेपछि पहिलो अन्तर्वार्ता लिन गएको प्रधानमन्त्री भएका बेला सूर्यबहादुर थापासँग हो । त्यसमा थुप्रै साथीहरुको साथ पनि थियो, हौसला पनि थियो । म गएँ तर जुन किसिमले म नर्भस थिएँ, जुन किसिमको श्रद्धा थियो ममा नेपालको प्रधानमन्त्रीका उपर त्यो श्रद्धा अहिलेसम्म रहिदिएको भए म बडो खुसी हुन्थें । कहीं उभिएँ भने उहाँहरु नै मसँग गफ गर्न आउनुहुन्छ । बेलाबेलामा भलाकुसारी गर्नुहुन्छ । मैले गरेको कामलाई उहाँहरुले रुचाएकै कारण मेरो घाट खाली हुँदैन । तर दुःखका साथ भन्नुपर्छ, सबै चिज छ तर त्यो सम्मान छैन, म नर्भस हुन छाडें । मैले एकदम अनुभव गरेको कुरा यो अवधिमा अब मलाई डर लाग्न छाड्यो ।

सभार गरिएको ।

Namaste Filmy

Read Previous

अक्षयकुमारको नयाँ फिल्म 'सिंह इज ब्लिंग' । ट्रेलर रिलिज ।

Read Next

मिङस् लामाको 'तिमी मेरो पहिलो माया' ।