"ऋतु"को नेपाल र अस्ट्रेलियामा भब्य प्रिमियर( भिडियो सहित )

फागुन २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र “ऋतु” को बिहिबार काठमाण्डौको बिग मुभिजमा सानदार प्रिमियर गरिएको छ । पछिल्लो पटक नेपाली चलचित्र नगरीमा सम्भावना बोकिएको चलचित्रको रुपमा हेरिएको चलचित्र “ऋतु” को भब्य प्रिमियर गरिएको हो ।
तस्बिर मिडिय एनपी
1964761_710577778992518_499798985_n
एकीकृत माओवादी नेता तोप बहादुर रायमाझी ,पुर्व मिस नेपालहरु ,कलाकारहरु , गायक,पत्रकारहरु लगायत अन्य थुप्रै व्यक्तिको चलचित्र “ऋतु”को प्रिमियरमा उपस्थिति रहेको थियो ।चलचित्र हेर्ने प्राय जसो सबैले चलचित्रको खुलेरै प्रसंसा गरेका थिए ।चलचित्रमा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
1964675_710576742325955_1093096965_n
मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । रिलिजको संघारमा रहेको फिल्मको ऋतु को छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा र नेपालमा गरिएको छ ।सन्दीप बडालले लेखेका फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।
400665_544368245670862_972704395_n
यस्तै चलचित्र “ऋतु” हिजो नै अस्ट्रेलियामा पनि भब्य प्रिमियर गरिएको छ ।अस्ट्रेलिया सिड्नीमा गरिएको सो प्रिमियर हेर्न तेह रहेका नेपालीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्रको ९५%छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा गरिएको र एउटा हेर्न लायक राम्रो चलचित्र बनेको भन्दै चलचित्र हेर्ने सबैले “ऋतु” राम्रो चलचित्र बनेको भन्दै चलचित्र युनिटको खुलेरै तारिफ गरेका छन् ।
अस्ट्रेलियाको सिड्नीमा गरिएको प्रिमियरको भिडियो

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : "ऋतु 'र 'तोरी लाहुरे "

Read Next

अदालतले प्रतिबन्ध हटाएपछि चल्यो 'गुलाब ग्याङ' । 'क्वीन' र 'टोटल सियापा' पनि रिलिज ।