‘काफल पाक्यो’ को 'भनौ कसरी म' बोलको गीत सार्वजनिक (भिडियो सहित )

चलचित्र ‘काफल पाक्यो’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘भनौ कसरी म’बोलको गीतमा प्रह्लाद तिमल्सिना , जुनु रिजाल काफ्ले आवाज रहेको छ भने संगीत बिकाश चौधरीले दिएका हुन् । कविराज गहतराजको नुत्य निर्देशन रहेको यस गीतमा जीवन लुइटेल र वर्षा राउतलाई फिचरिंग गरिएको छ ।
kafal pakoरेड पाण्डा डान्स एण्ड मूभि हाउको व्यानरमा निर्मित यस चलचित्र विसुद्ध प्रेम कथामा आधारीत रहेको छ । ‘काफल पाक्यो’ लाई सुरेश बहादुर राउत र उपेन्द्र राउतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रलाई सावित्री खत्रीले निर्देशन गरेकी हुन् । चलचित्रमा जिवन र वर्षाको आलावा मुकेश आचार्य, वियश राणा,लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।चलचित्र ‘काफल पाक्यो’माघ १ गते देखि प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

‘सुश्री’ फूलपातीबाट प्रदर्शनमा आउने

Read Next

मोडलिङमा अघि बढ्दै खुश्बु लम्साल