ह्याप्पी बर्थडे रेखा । ३२ बर्षमा लागिन उनी ।

Rekha thapa1-inआज भाद्र ५ गते, फिल्म उद्योगमा हिरोको छवि बनाएकी नायिका रेखा थापाको जन्मदिन । उनले आजैबाट ३२ बर्षमा पाइला टेकेकी छिन ।
१६ बर्षको कलिलो उमेरमै फिल्ममा प्रवेश गरेकी उनी अहिले उद्योगकै एकमात्र स्टारडम भएकी हिरोइन हुन । उनको जस्तो चर्चा फिल्म उद्योगमा सायदै अरु हिरोइनको हुने गर्दछ ।
छवि ओझाको ‘हिरो’बाट फिल्ममा उदाएकी रेखा सुरुमा खासै जम्न सकेकी थिइनन् । तर जब उनको करियर उकालो लाग्यो, उनले पछाडि फर्केर हेर्नुपरेको छैन । दर्शकले उनलाई महानायिका मान्न थालिसकेका छन । उनलाई भागवानको रुपमा पुज्ने दर्शकहरु पनि भेटिएका छन ।
यसैलाई आफ्नो जीवनकै उपलब्धि मान्छिन रेखा । छवि ओझासँग डिभोर्सपछि पनि रेखाको उचाईमा तलमाथि भएन । उनले निर्माण गरेका हरेक फिल्म सफल छन । छवि सँग अलग्गिएपछि बनाएका काली र हिम्मतवाली ब्लकबस्टर फिल्म हुन ।
त्यसैले उनलाई फिल्म उद्योगकै स्टारडम बोकेको सिमित कलाकार मध्य अग्रपंक्तिमै लिइन्छ । पछिल्लो समय उनी अभिनयबाहेक निर्देशन तथा गायनमा पनि सक्रिय छिन । निर्माणको क्रममा रहेको रामप्यारीमा उनी संगीतकार पनि बनेकी छिन ।
उनी समाजसेवामा पनि डटेर लागेकी छिन । रेखा फाउन्डेसनको स्थापना सँगै उनी समाजसेवीको रुपमा पनि चिनिएकी हुन । यस्ता बहुप्रतिभाकि धनी रेखालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Namaste Filmy

Read Previous

मोडलिङमा अघि बढ्दै खुश्बु लम्साल

Read Next

'ब्रदर्स'ले एक हप्तामा कमायो ७३ करोड ।