दुई दिनमा ‘होस्टेल रिटर्न्स’ले एक करोड कमायो

भुकम्प पछि बिग्रिएको फिल्मी बजारलाई चलचित्र ‘होस्टेल रिटर्न्स’ ले फेरी एक पटक तताएको छ ।शुक्रबार बाट प्रदर्शनमा आएको फिल्म “होस्टल रिटन्र्स”ले शनिबार सम्म एक करोड माथिको कलेक्सन गरेको छ । शुक्रबार ३१ लाखको कलेक्सन गरेको ‘होस्टेल रिटर्न्स’ शनिबार ७० लाखको कलेक्सन गरेको छ ।
hostel reutrns2दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको ‘होस्टेल रिटर्न्स’लाई हेर्ने भिड देश भरिको हलमा बाक्लो लागेको छ ।शनिबार देशै भरिका चलचित्र चलेको हलहरु हाउसफुल रहेको थियो । युवा पुस्तालाई लक्षित गरेर निर्माण गरेको यस चलचित्र हेर्न हलमा युवा युवतीको राम्रै उपस्थिति रहेको छ । बिशेष गरेर चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र मन पराउनुले गर्दा पनि चलचित्रले अझै उत्कृस्ट व्यापार गर्ने देखिएको छ ।
hostel returnsचितवनमा पछिल्लो समय एउटा हलमा पनि नेपाली फिल्म तेती न चलेको अबस्थामा चलचित्र ‘होस्टेल रिटर्न्स’ इन्द्रदेव हलमा र QFX जलमा हलमा फिल्म हेर्नेको लागि दर्शकको भिड नै लागेको छ ।राजधानी बाहिर पोखरा ,धरान,हेटौडा ,बुटवल चितवन लगायतको ठाउमा चलचित्रले राम्रो कलेक्सन गरेको छ ।
hostel returns1दुर्गिस फिल्मस्को ब्यानरमा चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।दुर्गिस फिल्मस्ले यस अघि ‘सायद र होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।सुरज भुषालले निर्देशन गरेको सिनेमामा इन्जिनियरिंग पढ्ने युवाहरुको कथा देखाईने छ । सार्वजनिक ट्रेलरमा पढाई,माया प्रेम , युवा समूहको कलह अनि मित्रताको कथा देखाईएको छ ।चलचित्रमा सुशिल श्रेष्ठ, अभय बराल, नजिर हुसेन, शुसिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, निर्मल शर्मा, दिया मास्के, सुदम सिके, पिके चौधरी लगाएतको मुख्य भूमिका रहेको छ ।
hostel returns ktm

Namaste Filmy

Read Previous

'ब्रदर्स'ले एक हप्तामा कमायो ७३ करोड ।

Read Next

‘डी. सिने अवार्ड’ मा चौधरी ग्रुपकोको सहकार्य