निखिलको 'भैरव' सेन्सर पास हुन गृहले हेर्नुपर्ने ।

Bhairav-Nikhil-anuनायक निखिल उप्रेतिको प्रतिक्षित फिल्म ‘भैरव’ गृह मन्त्रालायले हेरेपछि मात्रै सेन्सर पास हुने भएको छ । निखिलका अनुसार सोमबार साँझ गृह सचिव लगायत सभासदहरुले फिल्म हेर्ने कार्यक्रम छ ।
यसअघि सेन्सर बोर्डका पदाधिकारीले फिल्म हेरे पनि फिल्मका दृश्यहरु राजनितिसँग जोडिएकाले एकपटक गृहलाई फिल्म देखाउन लागिएको हो । फिल्ममा तराई र सिमा क्षेत्रमा हुने अपराधिक घटनासँगै नेताहरुको कर्तुतसमे देखाइएको छ जसले तराई क्षेत्रका सभासद तथा नेताहरुलाई कुनै आँच आउन सक्ने भएकाले गृहको अनुमति लिन लागिएको हो ।
निखिलले भने नेतालाई गाली गरिएकोले केहि होला भनेर सेन्सर पदाधिकारी डराएको भए पनि कसैलाई आँच पुग्ने शब्द फिल्ममा नभएको बताए ।
फिल्म आउदो शुक्रबारबाट अलनेपाल रिलिजको तयारीमा छ । फिल्मलाई निखिलले नै निर्देशन गरेका हुन । अनु शाह, मुरलीधर, जय किशन, नागेन्द्र रिजाल आदि फिल्मका अन्य कलाकारहरु हुन ।

Namaste Filmy

Read Previous

आज दिपाको जन्मदिन । उमेर खुलाउन चाहदिनन् उनी ।

Read Next

भेटिए 'नाई नभन्नु ल ४' का लागि हिरोइनहरु ।