अदालतले प्रतिबन्ध हटाएपछि चल्यो 'गुलाब ग्याङ' । 'क्वीन' र 'टोटल सियापा' पनि रिलिज ।

1949827 [dropcap]दि[/dropcap]ल्ली हाइकोर्टले लगाएको प्रतिबन्ध हटाएपछि अन्तत हिन्दी फिल्म ‘गुलाब ग्याङ ‘ शुक्रबार बाट रिलिज भएको छ । यसअघि गत बुधबार फिल्मको कथा र प्रस्तुतिमा आपत्ति जनाउदै दिल्ली हाइकोर्टले फिल्मको प्रदर्शनमा मेइ ८ सम्मको लागी रोक लगाएको थियो ।
दिल्ली हाइकोर्टका न्यायधिश बि डि अहम्मद र न्यायधिश सिद्धार्थ मुदुलको इजलासले फिल्ममाथि लगाइएको प्रतिबन्ध बिहिबार हटाएको हो । अदालतले फिल्मको प्रतिबन्ध हटाएपनि निर्मातालाई भने चेतावनी दिएको छ । अदालतले फिल्म निर्माण गर्नभन्दा पहिले सम्बन्धित पात्रसंग अनुमति लिन फिल्मका निर्माण युनिटलाई निर्देशन दिएको हो । यसअघि समाजिक अभियन्ता साम्पत पलले आफ्नो जीवनमा आधरित फिल्म बनाएर पनि आफुलाई कुनै जानकारी नदिएको र आफुसंग अनुमति नलिएको भन्ने आरोप फिल्म निर्माण युनिटप्रति लगाएको थियो । तर फिल्मका निर्देशक सौमिक सेनले भने फिल्म अभियन्ता साम्पत पलको जीवनमा अधारित नरहेको बताएका थिए ।
फिल्म गुलाब ग्याङ भारतको उत्तरप्रदेशको बुन्देलखण्डमा महिलामाथि हुने घरेलु हिंसा र अन्य सामजिक समस्या समाधान सक्रिय महिलाहरुको समुहमा अधारित छ । सो समुहलाई गुलाब ग्याङ भनिन्छ, जसको नेतृत्व अभियन्ता साम्पत पलले गरेकि हुन । सोहि कथालाई फिल्ममा उतारिएको भए पनि आफुहरुसंग कुनै अनुमति नलिएर फिल्म बनाएको अभियन्ता साम्पत पलको आरोप थियो ।07_03_2014-7gulaabफिल्ममा ‘गुलाब ग्याङ ‘ समुहको नेतृत्व माधुरी दिक्षित र जुही जावलाले गरेकि छिन । अनुभव सिन्हाले निर्माण तथा सौमिक सेनले निर्देशन गरेको फिल्मबाट माधुरी र जुहि लामो समयपछि एउटै पर्दामा देखिन लागेकि हुन ।

क्वीन 

efdd [dropcap]त्य[/dropcap]स्तै तन्नु वेडस मन्नुकि हिरोइन कंगना रणवत अभिनित फिल्म क्वीन पनि शुक्रबारबाटै रिलिज भएको छ । फिल्मलाई बिकास वहल ले निर्देशन गरेका हुन भने फैटम और बैकम १८ ले निर्माण गरेका हुन । फिल्ममा कंगनाको रानीको भुमिका रहेको छ भने उनका अतिरिक्त राजकुमार राव र लिजा हेडेनको पनि मुख्य भुमिका छ ।

टोटल सियापा 

[dropcap]त्य[/dropcap]स्तै शुक्रबार नै स्पेनिश फिल्मको हिन्दी री राइट फिल्म टोटल सियापा पनि रिलिज भएको छ । शुल फेम इश्वर निवास ले निर्देशन गरेको फिल्ममा लन्डनमा बस्ने भारतीय र पकिस्तानी दुई परिवारबीचको प्रेम देखाइएको छ । फिल्ममा अलि जफर, यामी गौतम, किरण खेर, अनुपम खेर, सारा खान लगायतको अभिनय रहेको छ ।

Total-Siyapaa wallpapers

Namaste Filmy

Read Previous

"ऋतु"को नेपाल र अस्ट्रेलियामा भब्य प्रिमियर( भिडियो सहित )

Read Next

यस्तो छ 'दिपक मनाङे'को 'वान वे' । पोष्टर रिलिज ।