असोज १५ मा ‘डेस्टिनेशन काठमाडौं’

स्वर्गीय निर्देशक दीपक रायमाझीले निर्देशन गर्नु भएको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’अब प्रदर्शन हुने भएको छ ।आगामी असोज १५ देखि चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ प्रदर्शनमा आउने भएको छ । निर्देशक दीपक रायमाझीको निधन पछि रोकिएको यस चलचित्रलाई मधुसुदन भट्टराईले पूरा गरेका हुन् ।
image_5देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनको लागि नाम नै ‘डेस्टिनेशन काठमाडौं’राखेर चलचित्र निर्माण गरिएको थियो ।जनपुकार मिडिया हाउसले निर्माण गरेकोयस चलचित्रमा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछाने र साहरा मावब प्रमुख भूमिकामा देखिएका छन् ।

Namaste Filmy

Read Previous

'बैंग बैंग २' मा सिद्धार्थ र जैकलिन ।

Read Next

बाल्यकालमा यस्ता थिए अनमोल केसी ।