बाल्यकालमा यस्ता थिए अनमोल केसी ।

Anmol_sushmita
आमा सुस्मितासँग अनमोल ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै, हेभी फ्यान फलोइङ भएका अहिलेका स्टार हिरो अनमोल केसी बाल्यकालमा पनि उतिकै क्युट र सुन्दर थिए ।
अहिले पनि उनको सुन्दरता र फरक लुक्स नै उनको लागि बरदान बनेको छ । उनको सुन्दरता र पर्सनालिटिमा हरेक युवतिहरु आकर्षित हुने गरेका छन । यहि कारणले पनि नयाँ पुस्तामा उनको क्रेज अत्याधिक छ ।
यिनै अनमोल बाल्यकालमा पनि उस्तै क्युट थिए भन्ने कुरा उनको बाल्यकालको तस्वीरले प्रस्ट्याउछ । हालै उनकी आमा उर्फ नायिका सुस्मिता बम्जनले अनमोलको बाल्यकालको तस्वीर फेसबुकमा शेयर गरिन् ।
तस्वीरसँगै उनले आमाको माया र ममता पनि पोखेकी छिन । लामो समयदेखि अलग्गै बस्दै यी आमाछोराको माया भने निकै गाढा छ । अनमोल पिता उर्फ नायक भुवन केसी सँग अलग्गिए पनि छोरासँग अलग्गिन सकेकी छैनन सुस्मिता । त्यसैले कुनै महत्वपुर्ण दिनमा छोरासँगै सेलेब्रेट गर्छन उनी ।
भुवन र सुस्मिता डिभोर्सपछि अनमोल भुवनसँगै बस्दै आएका छन ।

Namaste Filmy

Read Previous

असोज १५ मा ‘डेस्टिनेशन काठमाडौं’

Read Next

रिलिज भयो ऐश्वर्याको कमब्याक फिल्म 'जज्बा' ट्रेलर । भिडियो ।