
बलिउड खिलाडि अक्षय कुमार हालै एक भयानक दुर्घटनामा परेका छन । उनी फिल्म ‘सिहं इज ब्लिंग’ को सुटिङका क्रममा दुर्घटनामा परेका हुन ।
बताइएअनुसार पञ्जाबमा फिल्मको सुटिङ चलिरहेको थियो । फिल्मको एक्सन सीनका लागि जलिरहेको रिगं पार गर्ने स्टन्ट रिहर्सल गरिरहेका थिए अक्षयकुमार । रिहर्सलकै क्रममा अक्षय झुक्किएर जलिरहेको रिगंमा लडेका थिए ।
तर तत्काल आगो निभाइएकाले उनलाई कुनै चोट भने नलागेको बताइएको छ । दुर्घटनापछि लगतै अक्षयले फिल्मको बाँकी सुटिङ सकाइएको थियो ।

