चलचित्र पत्रकार संघमा भाँडभैलो । चितवन शाखाद्धरा सामुहिक राजीनामा ।

चलचित्र क्षेत्रको बिकास र उत्थानमा सहयोग गर्ने उद्देश्य बोकेको चलचित्र पत्रकारहरुको साझा संगठन चलचित्र पत्रकार संघ आफैमा बिवादित देखिएको छ । संघले चितवन शाखाको अध्यक्ष रहेका रवि अधिकारीलाई निलम्बन गरेपछि सुरु भएको विवादले हाल संघमै भाडभैलोको स्थिति सिर्जना  गरिदिएको छ ।
विवाद अहिले यहाँसम्म पुगेको छ कि चितवन शाखाका सम्पुर्ण पदाधिकारीले संघबाटै राजीनामा दिएका छन । संघको तानाशाही प्रबृत्ति र ब्यक्तिबादि ढंगले संघ अघि बढ्न खोजेको भन्दै उनीहरुले संघमा रहेर काम गर्न नसक्ने जनाएका हुन । संघका सचिव रहेका गोविन्द अर्याल हस्ताक्षरित बिज्ञप्तिमा संघका कार्यवाहक अध्यक्ष रामेश्वर रिजाल, सचिव गोविन्द अर्याल, सहसचिव सागर ढुङगाना, सदस्यहरु ज्ञानेन्द्र तामाङ, सन्दिप भट्ट, सुरेन कुवँर, ओमकार अर्यालले राजीनामा दिएको उल्लेख छ । Film journalist chitwanसंघले निलम्बन गरेको अध्यक्ष रवि अधिकारीलाई पुनर्वाहालीको लागि माग गर्दा पनि संघले वास्ता नगरेपछि आफुहरुले यस्तो कदम चाल्नुपरेको सचिव अर्यालले बताए । उनले समाचार लेखेको बिषयमा स्पष्टिकरण चित्त नबुझेको भन्दै संघबाटै निलम्बन गर्नु सरासर अन्याय र अलोकतान्त्रिक प्रक्रिया भएको दाबी गरे । त्यस्तै संघले चितवन शाखाको पुनर्गठनका लागि केहि ब्यक्तिलाई हातमा लिएर अघि बढेको भन्दै आपत्तिसमेत आपत्तिसमेत जनाएका छन ।

Namaste Filmy

Read Previous

अलिफ खानको रमाइलो तीज गीत सार्वजनिक (भिडियो सहित )

Read Next

बलिउड स्टारहरुले दिए रक्षाबन्धनको शुभकामना ।