बिहे गर्दै निश्चल । दुलहि 'होस्टेल रिटर्न्स'की हिरोइन ।

nischal-and-swostima13फिल्म उद्योगमा एकपछि अर्को सफल फिल्म दिएका निर्देशक निश्चल बस्नेतको विहेको खबर बाहिरीएको छ । ‘कबड्डी’बाट हिरोसमेत बनिसकेका उनले प्रदर्शनरत फिल्म ‘होस्टेल रिटर्न्स’की हिरोइन स्वस्तिमा खड्कासँग लगनगाँठो कस्न सक्ने बताइएको छ ।
जसका लागि दुवैतर्फ पारिवारिक सल्लाह भइरहेको बताइन्छ । यसबारेमा निश्चल र स्वस्तिमा दुवैले कुनै प्रतिक्रिया दिएको छैन । तर उनीहरु पनि यस बिषयमा सकारात्मक रहेको बताइन्छ ।
‘लुट’ निर्देशन पछि सफल निर्देशक बनेका निश्चल पछिल्लो समय सर्वाधिक फिल्मी अवार्ड विजेता पनि हुन । स्वस्तिमा भने रिटायर्ड मेजरकी छोरी हुन । अहिले उनी इन्जियनियरिङ पढ्दैछिन ।

Namaste Filmy

Read Previous

'आशिकि २' गायक ले नेपालमा कन्सर्ट गर्ने ।

Read Next

अमिताभको ट्वीटरमा अश्लील भिडियो हालेपछि ।