यस्तो छ 'दिपक मनाङे'को 'वान वे' । पोष्टर रिलिज ।

[dropcap]प्र[/dropcap] दर्शन मिति तोक्न बाकि फिल्म वान वे को पोष्टर रिलिज भएको छ । पोष्टरमा फिल्मका मुख्य दुई पात्र रविन तामाङ र सिद्धार्थ गुरुङलाई देखाइएको छ ।one-way-nepali-movie-posterगुन्डाहरुको नाइके डन दिपक मनाङे उर्फ राजीव गुरुङ को समेत लगानी रहेको फिल्मलाई आरसी पिक्चर्सको ब्यानरमा राजकुमार राईले निर्माण गरेका हुन । फिल्मलाई पछिल्लो समयको अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा राविन र सिद्धार्थको अतिरिक्त करिश्मा मानन्धर, माला सुब्बा, विल्सन बिक्रम राई, आकाश खवास, भानु प्रताप, प्रकाश ओझा लगायतको अभिनय रहेको छ । फिल्मका मुख्य एक पात्र सिद्धार्थ गुरुङ फिल्मका निर्माता राजिव गुरुङ उर्फ डन दिपक मनाङेका छोरा हुन ।
स्मरण रहोस केहि साता अघि मात्र फिल्मका निर्माता राजिव गुरुङ  उर्फ डन दिपक मनाङेलाई दशरथ रंगशालाबाट फुटबल हेरीरहेको अवस्थामा एसएसपी रमेश खरेलको निर्देशनमा पक्राऊ गरिएको थियो ।

यो पनि पढ्नुहोस : चलचित्र ‘वान वे’ का निर्माता राजीव गुरुङ ‘दिपक’ पक्राऊ

Namaste Filmy

Read Previous

अदालतले प्रतिबन्ध हटाएपछि चल्यो 'गुलाब ग्याङ' । 'क्वीन' र 'टोटल सियापा' पनि रिलिज ।

Read Next

चर्चित लोक गायक पशुपति शर्माले अब गीत नगाउने ।