मल्टिप्लेक्सबाट किन उतारियो 'भैरब' ?

nikhil upretiपछिल्लो समय सुस्ताइरहेको नेपाली फिल्म उद्योगलाई एकाएक जगमागाउन सफल फिल्म हो ‘भैरब’ । कुनै समयका एक्सन किङ निखिल उप्रेतिको कमब्याक फिल्म र साउथ फ्लेभरको द्धन्दका कारण फिल्म हेर्न दर्शक हलमा ओइरिए ।
तर बिडम्बना उच्च कलेक्सन गर्दा गर्दै पनि राजधानीको मल्टिप्लेक्स हलबाट फिल्म निकालिएको छ । कुनै बेला फिल्म नपाएर पुराना हिन्दी, अंग्रेजी फिल्म प्रदर्शन गर्ने हलले अहिले ‘भैरव’लाई उत्कृष्ट ब्यापारका बीच किन उतार्यो ?
यो बिषयले निखिल निकै आक्रोशित छन । उनले हलवालाले मनोमानी गरेको बताए । हलवालाले मनलाग्दि गर्ने भएकै कारण नेपाली फिल्मको दर्शक भड्किने उनले बताए । ‘भैरव’लाई उतार्नु पनि एउटा षड्यन्त्र भएको र नेपाली निर्मातालाई हतोत्साहि बनाउने काम भएको उनको भनाई छ ।
उनले यस्तै प्रवृत्तिकै कारण निर्माता लगानी गर्न डराउने र गुणस्तरिय फिल्म नबन्ने दाबी गरे । भैरवले फिल्ममा क्रान्ति नै ल्याएको बताउदै मल्टिप्लेक्सको हेपाहा प्रबृति गलत भएको बताए ।
उनले नेपाली कलाकारको फिल्म मल्टिप्लेक्समा लगाउनै नहुने भए स्पष्ट भन्नुपर्ने तर बिना जानकारी हलबाट उतारेर निर्मातालाई दुख दिने काम गर्न नहुने बताए ।
फिल्मका बिरतक गोपाल कायस्थले पनि आफुलाई जानकारी नै नदिई सिभिल मलको हलबाट फिल्म उतारिएकोमा आफ्नो असन्तुष्टि रहेको बताए ।
गत शुक्रबार रिलिज ‘भैरव’ले आइतबारसम्म डेढ करोढ ग्रस कलेक्सन गरिसकेको छ । फिल्म राजधानी लगायत मोफसलका केहि मुख्य शहरहरुमा लागेको छ । फिल्ममा निखिलसँगै मुरलीधर, अनु शाह, लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

बन्द हड्तालका बावजुद ‘होस्टेल रिटर्न्स’ले ११ दिनमा २ करोड कमायो

Read Next

हट एण्ड सेक्सी किम अब फिल्मतिर ।