जनवरीमा आमा बन्नेछिन रानी मुखर्जी ।

rani-story_650_053014014352बलिउडको चर्चित अभिनेत्री रानी मुखर्जीको बिषयमा पटकपटक विभिन्न चर्चाहरु सुनिए । अघिल्लो बर्ष विवाह गरेकी उनी गर्भवति भएको भन्ने हल्लाहरु पटकपटक सुनिए । तर अब भने यो हल्ला वास्तविकतामा परिणत भएको छ ।
एक अंग्रेजीत पत्रिकाले यसबारेमा समाचार लेख्दै रानी आउदो जनवरीमा आमा बन्न सक्ने जनाए । हाल रानी नियमित चिकित्सकको निगरानीमा रहेको र जनवरी महिना मा बच्चा जन्माउने तय भएको बताइन्छ ।
रानी गत बर्षको अप्रिल १४ मा आदित्य चोपडासँग विवाह बन्धनमा बाँधिएकी थिइन । उनको भाउजु ज्योति चोपडाले उनी गर्भवति रहेको पुष्टि गरेका छन ।

Namaste Filmy

Read Previous

'भुल्ने पो हो कि' हेरेपछि रोए दर्शक ।

Read Next

सेन्सर बोर्डमा चलचित्र पत्रकार सन्दीप सापकोटा