सेन्सर बोर्डमा चलचित्र पत्रकार सन्दीप सापकोटा

sandeep sapkotaचलचित्र पत्रकार सन्दीप सापकोटालाई केन्द्रिय चलचित्र जाँच समिती फिल्म सेन्सर बोर्डको बोर्ड सदस्य पदमा नियुक्त गरिएको छ ।नेपाल सरकार सूचना तथा संचार मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सापकोटालाई सो जिम्मेवारी दिएको हो ।बिगत लामो समय देखि चलचित्र पत्रकारिता गरेका अहिले चलचित्र पत्रकार संघको महासचिव समेत हुनु हुन्छ ।रेडियाे एचवीसी ९४ एफ एम , रेडियो नेपाल , एन टीभी प्लस र नेपाल टेलिभिजनका माध्यमबाट चलचित्र पत्रकारीता गर्दै सेन्सर बोर्ड सदस्य भएका सापकोटाले चलचित्रकर्मिहरुको सेन्सर सम्वन्धी समस्यालाई मध्यनजर राख्दै चलचित्रको सेन्सर हुनुपर्ने धारणा राखेका छन् ।

Namaste Filmy

Read Previous

जनवरीमा आमा बन्नेछिन रानी मुखर्जी ।

Read Next

आज निखिलले भोगे, भोली अर्कैले भोग्छ: मल्टिप्लेक्सको दादागिरी कहिलेसम्म ?