चर्चित लोक गायक पशुपति शर्माले अब गीत नगाउने ।

1176140_626283004104281_444671418_n [dropcap] प[/dropcap]छिल्लो समय थुप्रै हिट गीतहरु गाएर स्रोताहरुको मनमा बस्न सफल चर्चित लोक गायक पशुपति शर्माले गीत नगाउने भएका छन् । स्टुडियोदेखि स्टेजसम्मका व्यस्त गायक शर्माले अव केही समय गीत नगाउने भएका हुन् । व्यस्तताले नभई पशुपतिले  स्वास्थ्यको कारण गीत नगाउने भएका हुन् ।

शर्माको घाँटीमा समस्या आएकाले अवका एक महिना उनले गीत गाउने छैनन् । युरोपमा झण्डै एक महिना लामो सांगीतिक यात्रा सकेर नेपाल फर्केका पशुपतिलाई घाँटी दुख्ने र सुक्ने समस्या देखिएको हो । पशुपतिले घांटीमा समस्या देखिएको र डाक्टरले एक महिनसम्म रेस्ट गर्न भनेकाले गीत गाउन नमिल्ने बताए ।

घाँटीमा समस्या देखिएपछि शर्मा मेला महोत्सवमा जान छाडेका छन् । कोहलपुरमा गीत गाउँदा घाँटी दुख्न नछाडेपछि उनले डाक्टरलाई देखाएका थिए ।
युरोपमा १४ वटा कार्यक्रम गरेका उनले नेपालमा पनि एक महिनामा २७ वटा कार्यक्रममा गाउनुपर्दा घाँटीलाई फुर्सद नै नभएको बताए । उनले एउटा कार्यक्रममा दोहोरीसहित झण्डै ८ वटा जति गीत गाएका थिए । डाक्टरका अनुसार औषधीले र आरामले घाँटी पुरै ठीक हुनेछ ।263413_422728431126407_1183218209_n
शर्माले आफुले गाउने धेरै गीत ‘हाई स्केल’मा भएकाले पनि घाँटीमा समस्या परेको बताए । घाँटी सुकेपछि शर्माले आउछु भनेका धेरै कार्यक्रम स्थगित गरेका छन् । उनका अनुसार अब उनी तत्काल १३ वटा कार्यक्रममा नजाने भएका छन। शर्माका मलाई अमेरिका यही, रोइला, दोहोरी, र लोकगीत निक्कै चर्चामा छन् । आफ्नो समस्याबारे उनले फेसवुकमा समेत लेखेका छन् ‘ अचानक गरिखाने घाँटीमा समस्या आयो त्यसैले तनावमा छु, एक महिना गीत गाउन नपाइने भयो, लौं प्रभु रक्षा गर । ’
hqdefault

Namaste Filmy

Read Previous

यस्तो छ 'दिपक मनाङे'को 'वान वे' । पोष्टर रिलिज ।

Read Next

"पर्शुराम "को स्क्रिप्ट पुजा गरेर शुभ साईत्