तामाङ चलचित्र दिवस मनाइयो । राजकुमार राईले भने : जस्तोसुकै सहयोग गर्न तयार ।

Tamang-chalachitra-diwas (1)बुधबार २० औ तामाङ चलचित्र दिवस मनाइएको छ । तामाङ चलचित्र पहिलो पटक प्रदर्शन भएको दिनको सम्झनामा भदौ १६ लाई तामाङ चलचित्र दिवसको रुपमा मनाइएको हो ।
दिवसको अवसरमा तामाङ चलचित्र संघले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै तामाङ चलचित्रकर्मी तथा पत्रकारलाई सम्मान गरेको छ । नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष राजकुमार राईको प्रमुख आत्थ्यितामा सम्पन्न कार्यक्रममा तामाङ चलचित्रकर्मीहरु जयनन्द लामा, दिपेन्द्र दोङ, सुजन लामा, सञ्जय बल, जयन कुमार मोक्तान लगायत रहेका थिए । Tamang-chalachitra-diwasकार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष राईले तामाङ चलचित्रहरु पनि बिकास बोर्डमा दर्ता हुने हो भने जस्तोसुकै सहयोग गर्ने बताए । त्यस्ते तामाङ चलचित्रलाई नेपाली चलचित्रसरह हल र शो हरु उपलब्ध हुनुपर्ने नभए सेन्सरमा सहुलियत हुनुपर्ने आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत सुनुवारले बताए । तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङले तामाङ चलचिको बिकासका लागि जस्तोसुकै संघर्ष गर्न पछि नहट्ने बताए ।
२०५३ सालमा जयनन्द लामाद्दारा निर्देशित पहिलो तामाङ चलचित्र सेमरी छोरङान प्रदर्शन भएको दिनलाई तामाङ चलचित्र दिवसको रुपमा मनाइएको हो । त्यसयता एक सय भन्दा बढि तामाङ चलचित्र बनिसकेको पत्रकार जयन कुमार मोक्तान द्धरा प्रकाशित सम्पादित अभिलेख पूस्तकमा उल्लेख छ । पुस्तक प्रकाशन भएपछि पनि थुप्रै तामाङ फिल्महरु बनिसकेका छन ।

Namaste Filmy

Read Previous

ओस्कार अवार्डका लागि ४ नेपाली फिल्म ।

Read Next

बक्स अफिसमा बर्षका पाँच बिशेष चलचित्र